विराटनगर, 

पाँचथरको याङवरक– १ च्याङथापुमा विद्युत् सर्ट भई आगलागी हुँदा रु २८ लाख ५० हजार मूल्य बराबरका सामान जलेर नष्ट भएको छ ।

स्थानीय दिननाथ अधिकारीको ढुंगा माटोले बनेको टिनको छानो भएको दुई तल्ले कच्ची घरमा विद्यत् लाइन सर्ट भई गए राति १०.३० बजे आगलागी हुँदा आठ तोला सुन, ५० तोला चाँदी, नगद रु ६० हजार , भाँडावर्तन, अन्नपात र लताकपडा गरी करिब रु २८ लाख ५० हजार मूल्य बराबरको क्षति भएको १ नं क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरी र स्थानीय जनताको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

Views: 112

