झापा :


tas

झापाको शिवसताक्षी- ४ बाट प्रहरीले जुवा खेल्दै गरेको अवस्था तीन जनालाई नियन्त्रणमा लिएको छ।

स्थानीय टंकप्रसाद राजवंशीको घरमा जुवा खेल्दै गरेको सूचनाको आधारमा ९ हजार ३ सय १० नगदसहित ३ जनालाई पक्राउ गरिएको प्रहरी चौकी कुञ्जीबारीका इञ्चार्ज मोहनकुमार प्रधानले जानकारी दिए।

पक्राउ पर्नेमा सोही ठाउँका टंकप्रसाद राजवंशी, कृष्णप्रसाद ताजपुरिया र गौरीगञ्ज- १ का रामकुमार राजवंशी रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरी चौकी कुञ्जीबारीमै राखिएको प्रधानले जानकारी दिए।
Views: 127

