Aamsanchar

राष्ट्रपति भण्डारीले भोलि कान्छा भाइलाई टीका लगाइदिने

Author Image
शुक्रवार, कार्तिक ३, २०७४

काठमाडौं :

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भाइटीकाको अवसरमा आफ्ना भाइलाई टीका लगाइदिने भएकी छन्।

काठमाडौंमै रहेका कान्छा भाइ डेगेन्द्र पाण्डेलाई राष्ट्रपति भण्डारीले भाइटीका लगाउने कार्यक्रम रहेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए।

‘उहाँले आफ्नो कान्छा भाइ देवेन्द्रलाई भाइटीका लगाउने कार्यक्रम छ। टीकाको साइतमै टीका लगाउनेहुनेछ’ भट्टराईले भने, ‘उहाँसँगै बहिनी सुशीलाले पनि सँगै भाइटीका लगाउनुहुनेछ।’ राष्ट्रपति भण्डारीका एक बहिनी र तीन भाइहरु छन्।

जसमध्ये जेठो र माइलो भाइ भने अहिले अमेरिकामा बस्दै आएका कारण यसवर्ष भाइटीकामा सहभागी हुने छैनन्।

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर