Aamsanchar

विर्तामोडमा बढदै डेंगोका विरामी, रोकथामकालागि नगर प्रमुखले चालेको कदममा व्यापारीको असहयोग

Author Image
आइतवार, कार्तिक ५, २०७४

विर्तामोडमा अव्यवस्थित रुपमा राखिएको टायरहरु ।  केहिदनि देखि विर्तामोड आसपासका क्षेत्रमा दिनानुदिन भाईरल रोग डेंगुका रोगी बढेको कारण  हुनसक्ने महामारी (खतरा) लाई मध्य नजर गरेर  एक साताअघि जिल्ला जनस्वास्थ्य र विर्तामोड नगरपालिकाले डेंगो नियन्त्रणको सामान्य उपाय विषादी र्छकने काम गराएको थियो ।

विषेशगरी डेंगु सारने खालको लामखुट्टले टायर र  कुनैपनि किसिमका डब्बामा जमेको पानिमा लामखुट्टले लार्भा  निकालने भएको हुँदा लार्भा लाई नष्ट गर्नसक्नु नै डेंगो नियन्त्रणको प्रमुख उपाय हुने  विशेषज्ञयहरुको को भनाई रहेको  हुदा विर्तामोड नगरपालिकाका मेयर ध्रुब शिवाकोटी स्थलगत सवै नागरिकलाई सार्वजनिक स्थानमा राखिएको टायर हटाउन निर्देनश दिएका थिए । तर नगर प्रमुखको निर्देशनलाई व्यवस्था गरेर व्यापारीहरुले सार्वजनिक स्थानमा डेंगो उत्पादनको थलो बनेको पुराना टायर नहटाएर स्थानिय सरकारलाई  डेंगो नियनत्रणमा असहयोग गरेको आज एक कार्यक्रममा  स्वास्थ्य संयोजक खगेन्द्र दंगालले सर्वसाधारण प्रति गुनासो गरेका छन ।

सब्द तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

 

Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर