बिर्तामोड ।

झापाका विभिन्न स्थानमा डेङ्गोको संक्रमणदेखा परिरहेका बेला बीएण्डसी हस्पिटलबाट डेङ्गोको संक्रमण भएका ९० बिरामी उपचार गराएर घरफर्किएका छन् ।
गत साउनदेखि हालसम्म ८८४ डेङ्गो रोगको परिक्षण गरेको जनाइएको छ । उक्त अवधिमा १२० जनामा डेङ्गो रोग देखा परेको बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । डेङ्गो रोगको उपचारका लागी अब कसैले भारतका सिलिगुढी लगायतका अस्पताल धाउनुनपर्ने निर्देशक प्रसाईले बताए ।

तिहारको ४ दिनको अवधिमा मात्रै १२ जनामा डेङ्गो पोजेटिक देखिएको बीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । पछिल्लो समय झापाका बिर्तामोड, दमक, सुरुङगा, कांकरभिट्टा लगायतका स्थानमा डेङ्गो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन कुलबहादुर पौडेललले जानकारी दिए ।
बीएण्डसी हस्पिटलले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक प्रसाईले बीएण्डसीले डेङ्गो रोगको उपचार गरेपनि केहीले अझै उपचार हुदैन भनेर भ्रम फैल्याएको भन्दै बीएण्डसीमा सबै प्रकारको उपचार हुने उनले दाबी गरे ।
डेङ्गो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाँउको दुख्ने, हार्डर्जोनी दुख्ने लगायतका समस्या भएमा तत्काल उपचार गराउन बीएण्डसी हस्पिटलका फिसिसियन डा.किशोर कुमारले सुझाव दिएका छन् । मानिसमा एक लाख रक्त कोषिका हुनुपर्ने भन्दै डेङ्गो रोग लागेमा रक्त कोषिका अर्थात प्लेटलेको कमीले गर्दा मानिसको ज्याननै जानसक्ने बताए । उनले एजिप्ट नाम पोथी लाम्खुट्टेका यो रोगको संक्रमण फैलने डा. कुमारले जानकारी दिए । दिउँसोको समयमा उक्र लामखुट्टे सक्रिय हुने बताइएको छ ।
यता विर्तामोड नगरपालिकाक स्वास्थ्य संयोजक खगेन्द्र दङ्गालले विर्तामोडमा जनचेतना फैल्याउने काम भइरहेको बताए । सडक किनारमा राखिएका टायरमा पानी जमेका कारण यो रोग महामारीको रुपमा फैल्न सक्ने भएकाले आजैबाट टायर हटाउने तथा खाडाखुल्डी पुर्ने काम सुरु गर्ने जानकारी दिए ।
यसैबीच बीएण्डसी हस्पिटलका डा.दिनेश यादवले बीएण्डसी हस्पिटलमा पर्याप्त मात्रामा डेङ्गो रोग परिक्षण गर्ने किटहरु रहेको र उपचारका आवश्यक पर्ने सबै खालका उपकरणहरु समेत बीएण्डसी हस्पिटलमा रहनुका साथै दक्ष चिकित्सक भएकाले सहजरुपमा उपचार भइरहेको बताए । डेङ्गो रोगलाई हाउगुजीका रुपमा नलिन आग्रह गर्दै यो एक किसिमा भाइरल रोग भएको चिकित्सकहरुले बताएका छन् । नियमित रुपमा शारीरिक ब्याम र खानपिनमा ध्यान दिने हो भने सहजरुपमा डेङ्गो रोगबाट बच्न सकिने जनसम्पर्क अधिकारी गिरीले बताए ।


