झापा । 

दोस्रो जनआन्दोलनका सहिद स्व. सुरज विश्वासका पिता शान्ति विश्वासको उपचारको क्रममा आइतबार निधन भएको छ ।

झापा भद्रपुर नगरपालिका ६ निवासी सहिद पिता शान्ति विश्वासको घरानस्थित बिपि मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा)मा उपचारको क्रममा निधन भएको परिवारीक स्रोतले जनाएको छ ।

केही महिनादेखि मुटु रोगले ग्रस्ति भई घरमै थला परेका सहिद पिता विश्वासको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनका परिवारले शनिवार बेलुका उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड लगेका थिए ।

बीएण्डसीमा मुटु रोगको हेर्न चिकित्सक नभएपछि उनलाई थप उपचार लागि शनिवार राती नै घोपा रेफर गरिएको थियो । घोपामा आइसीयु कक्ष खाली नहुदाँ थप उपचार हुन सकेन ।
उनको आकस्मिक कक्षमै आइतबार दिउँसो साढे १२ बजे उपचारको क्रममा निधन भएको हो । उनको श्रीमती मीना र छोरा सञ्जय अहिले घोपामै रहेको जनाइएको छ ।

