Aamsanchar

हरियाणामा हुन गईरहेको इण्डो नेपाल इन्टरनेशनल वादोरियो कराते च्याम्पेनसिप प्रतियोगितात्मक खेलमा झापावाट ६ जना सहभागी हुदै

Author Image
सोमवार, कार्तिक ६, २०७४

चारपाने, कार्तिक ६ । भारतको हरियाणा राज्यमा यही कार्तिक १० गते देखि १२ गते सम्म हुन गईरहेको इण्डो नेपाल इन्टरनेशनल वादोरियो कराते च्याम्पेनसिप प्रतियोगितात्मक खेलमा झापावाट ६ जनाले सहभागी जनाउने भएका छन । झापाका खेलाडीहरु इन्द्रप्रसाद राजवंशी ४० केजी तौल, सुरेन्द्र थापा ४५ केजी तौल, उत्तम लोन ४५ केजी तौल, पुर्शुराम पण्डित ५५ केजी तौल, विवेक राजवंशी ६० केजी तौल र टेकनारायण राजवंशी एकल काता तर्फ वाट खेलमा भागलिने भएका छन । प्रमुख प्रशिक्षक सहदेव राजवंशीको नेतृत्वमा खेलाडीहरु हरियाण जान लागेका हुन । यस खेलमा झापाका ६ जना सहित नेपालवाट २५ जनाले भाग लिने अवसर प्राप्त गरेका छन ।
सोमवार विर्तामोड २ स्थित वीरअमरसिंह माध्यमिक विद्यालयको प्राङगणमा झापावाट जाने खेलाडीहरुलाई औपचारिक कार्यक्रमको विच विदाई गरिएको थियो । विदाई कार्यक्रममा वादोरियो झापा जिल्ला समितिका अध्यक्ष मदनगोपाल सुब्बा, सदस्य राजेश घिमिरे र गंगाराम ओडारीले खेलाडीहरुलाई राष्टिय झण्डा हस्तान्तणगरी विदाई गरेका थिए ।
सोही समयमा शैक्षिक अध्ययन अवलोक भ्रमणकालागी पोखरा, लुम्बिनी तर्फ जाने वीरअमरसिंह माध्यमिक विद्यालयका प्राविधीक शिक्षा तर्फका ३८ जना छात्र छात्रालाई समेत विधाई गरिएको थियो । विधाई कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारी, वडा अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, लगायतले खेलाडी र विद्यार्थी हरुलाई शुभकाना व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर