काठमाडौं,

सरकारले मुख्य सचिवमा लोकर्दशन रेग्मीलाई नियुक्त गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गृहसचिव रेग्मीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।

बहालवाल मुख्य सचिव राजेन्द्रकुमार क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकास पाउँदै हुनुहुन्छ । गृहसचिवमा मोहन सापकोटालाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद बैठकले पुनर्निर्माण प्राधिकरणका सिइओ गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै युवराज भुषाललाई नयाँ सिइओको रुपमा नियुक्त गरेको छ । पोखरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसतर्फबाट प्युठानबाट उम्मेदवार बन्ने तयारी गर्दै राजीनामा दिनुभएको थियो ।

नवनियुक्त सिइओ भुषाल पूर्व अर्थसचिव हुनुहुन्छ । यस्तै मन्त्रिपरिषदले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । उमेर हदका कारण मंगलबारदेखि अवकास पाउने भए पनि उहाँले त्यसअघि नै राजीनामा दिनुभएको हो ।

