Aamsanchar

सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन

Author Image
सोमवार, कार्तिक ६, २०७४

इनरुवा,

सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन रहेको पाइएको छ । जिल्लाका आधारभूत तहका प्राथमिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नभएका कारण शिक्षक अभाव रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा २०६५÷६६ मा दर्ता भएका अधिकांश विद्यालय शिक्षक दरबन्दी अभाव रहेको हो ।
अधिकांश विद्यालयमा दरबन्दी अभावमा पठनपाठन हुन छोडेको छ भने केही विद्यालयले छात्रवृत्ति, भौतिक पूर्वाधारको कमिसन, खाजा कार्यक्रम, पाठ्यक्रमलगायतका शीर्षकबाट विद्यालय सञ्चालन गरिरहेका छन् ।

यहाँका विद्यालय विद्यार्थी लक्षित नभएर व्यक्तिगत स्वार्थका लागि खुलेकाले यतिबेला समस्यामा परेको सहायक जिल्ला शिक्षा अधिकारी टेकनाथ रेग्मीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर