गोरखा : 

गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेद्वार पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफूले कांग्रेसको जरो उखेलेर फ्याक्नुपर्छ नबनेको स्पष्ट पारेका छन् ।

सोमबार बिहान गोरखाका पत्रकासंगको भेटघाटमा भट्टराईले कांग्रेसलाई जरैदेखि उखालेर फ्याक्नुपर्छ भनेर आफूले नभनेको भन्दै सामाजिक सञ्जालले प्रोपोगण्डा बनाएको बताए ।

‘कांग्रेसको जरो उखेलेर फ्याँक्नुपर्छ मैले कहिल्यै भनेको छैन’, उनले भने ‘सपनामा बर्बराउने त मेरो बानी छैन, सोसल मिडियाले मेरो बेइज्जत गर्न भ्रम छरेका हुन् ।’ उनले कम्युनिष्ट र काङ्ग्रेसबीचको पर्खाल भत्काएर पुल बनाउनु पर्ने तर्क गरे ।

पत्रकासंगको भेटघाटमा भट्टराईले वाम एकता नभई गठबन्धन मात्र भएको दाबी समेत गरे । सत्ता प्राप्तिका लागि मात्र गठबन्धन गरेको उनको आरोप छ । चुनाव सकिएपछि एमाले माओवादी आ–आफ्नो बाटो लाग्ने उनको दाबी छ ।
‘पार्टी एकता गरेर अघि बढ्ने भन्दा पनि एमाले र माओवादीबीच सत्तामा को हाबी हुने भन्नेमै तानातान छ’, उनले भने, ‘वामगठबन्धनभित्र एमाले र माओवादीमै लुछाचुडी छ । यही निषेधकै कारणल वाम गठबन्धन धेरै समय टिक्दैन । निषेधकै कारण आफू वामगठबन्धनबाट बाहिरिन बाध्य भएको उनकले प्रष्ट पारे ।

