Aamsanchar

झापामा डेंगुले महामारीको रुप लिदैं अर्जुनधारामा एकको मृत्यु, बिर्तामोडमै ३ सयमा संक्रमण

Author Image
बुधवार, कार्तिक ८, २०७४

नरेन्द्र ढकाल
झापाको अर्जुनधारा नगरपालिका–११ की ३६ वर्षिया सुनीता अधिकारी बरालको डेंगु रोगको कारण मृत्यु भएको छ । उनको नोबेल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । उनको डेंगु पोजेटिभ देखिएकाले सोही रोगका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले जानकारी दिए । जिल्लामा हाल ३४१ जनामा डेंगुको संक्रमण फेला परेको बताएका छन् ।
झापामा पटक–पटक डेंगु रोगको संक्रमण फैलदाँ समेत जनस्वास्थ्य कार्यालयले प्रभावकारी काम गर्न सकेको छैन् । सन् २०१२ मा पहिलो पटक झापाको कांकरभिट्टामा डेंगु रोगको संक्रमण फैलिएको थियो । उक्त समयमा दुई ब्यक्तिले ज्यान गुमाएका थिए भने १२ जनामा डेङ्गो रोगको संक्रमण फेला परेको थियो ।

मानिसको मृत्यु भएपछि जनस्वास्थय कार्यालयले डेंगु रोगको संक्रमण फैल्याउने एडिस नाम जातको पाथी लामखुट्टेले लार्भा खोज्ने अभियान नै सञ्चालन गरेको थियो । त्यस यता गत वर्ष सन् २०१६ मा दमकमा डेंगु रोगको संक्रमण फैलिएको थियो । गत वर्ष ४२० जनामा डेंगु पोजेटिक फेला परेको र सबै उपचार पश्चात निको भएको जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन कुलबहादुर पौडेलले जानकारी दिए । गत वर्ष पनि केन्द्रदेखिको टोली आएर डेंगु नियन्त्रणमा खटिएको थियो । यस वर्ष पुनः डेंगुको संक्रमण दमक, अर्जुनधारा, कनकाई, मेचीनगर लगायतका नगरपालिकामा फैलिएको छ ।

यस वर्ष सबैभन्दा धेरै बिर्तामोड नगरपालिका प्रभावित भएको छ । पटक–पटक डेंगुको संक्रमण फैलदा समेत जनस्वास्थ्य कार्यालयले सचेतना लगायत रोकथामका कार्यमा प्रभावकारी काम गर्न नसकेको स्थानीयको भनाई छ ।
बिर्तामोडका ३ सय ब्यक्तिमा डेंगुको संक्रमण
झापामा डेंगु रोगले महामारी रुप लिने संकेत देखिएको छ । नियन्त्रणका कामहरु सुरु भएपनि बिर्तामोड नगरपालिकामा मात्रै मंगलबारसम्ममा तीन सय जनामा डेंगुको संक्रमण फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन पौडेलले जानकारी दिए । उनका अनुसार जिल्लाका विर्तामोड, दमक, कनकाई, मेचीनगर,अर्जुनधारा लगायतका स्थानमा गरेर ३४१ जनामा यो रोगको संक्रमण फेला परेको पुष्टि भएको छ ।
रोग फैलने क्रम तिब्र रुपमा भएपनि सर्तकता अप्नाउन तिकित्सकहरुले सुझाव दिएका छन् । उनीहरुले लामखुट्टेको माध्यमबाट यो रोग फैलने भएकाले जोगिन सबैसंग आग्रह गरेका छन् ।

रोग फैलिएपछि चासो : गत असोज ६ गते बिर्तामोड स्थित विर्ता सिटी हस्पिटलमा पहिलो पटक एक ब्यक्तिमा डेंगु रोगको संक्रमण पोजेटिभ देखिएको थियो । त्यस लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालयमा जानकारी गराइएपनि जनस्वास्थय कार्यालयले प्रभावकारी रुपमा नियन्त्रणको अभियान सञ्चालन गर्न नसक्दा यसको संक्रमण फैलिएको स्थानीयले आरोप लगाएका छन् ।
गत वर्ष पनि दमकमा यो रोग देखिएपछि यस वर्ष पनि बेलैमा प्रचारप्रसार तथा जनचेतनामा काम गर्नुपर्नेमा जनस्वास्थ्य कार्यालयले रोग फैलिएपछि मात्र काम सुरु गरेको छ । हाल जिल्लाका रोग प्रभावित क्षेत्रमा माइकिङ, जनचेतना, पोष्टर वितरणm लार्भा नष्ट गर्ने लगायतका काम सुरु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुधन कोइरालाले जानकारी दिए । उनले जनस्वास्थय कार्यालयले प्रभावकारी रुपमा काम गरिरहेको दाबी भने गरेका छन् ।

रगतको अभाव छैन् : डेंगु रोगको संक्रमण झापामा फैलिएर धेरै मानिस अस्पतालमा उपचारत रहेपनि रगतको अभाव भने नभएको जिल्ला रेडक्र सोसाइटी झापा शाखाले जनाएको छ । जिल्लामा हाल तीन सय बढी पिन्ट रगत मौजाद रहेको रेडक्रस सभापति लोकराज ढकालले जानकारी दिए । उनले डेंगु रोगीलाई रगतको अभाव भएान मौजाद रगतले काम नगर्ने भएकाले रत्तलदान मानिसहरुलाई निरन्तर सम्पर्क गरेर तयारी अवस्थामा राखिएको जनाएका छन् ।
यता विर्तामोड रेडक्रस उपशाखाका सभापति सरोज शिवाकोटीले विर्तामोडमा रहेको कम्पोनेन्ट मेसिनको प्रयोग गरेर यहाँका हस्पिटलहरुले उपचार गरिरहेको बताएका छन् । उनले डेंगु रोगको संक्रमण लागेका ब्यक्तिमा २५ हजार भन्दा तल प्लेटलेस(सेतो रक्त कोषिका) भएका धरान लगायतका अस्पतालमा रेफर गर्ने गरेको पाइएको जानकारी दिएका छन् । उनले रक्तदाताहरुको नामवली रेडक्रससंग भएको र रगतसमुह मिलेका ब्यक्तिहरुलाई बोलाएर रगतदान गर्न सहयोग गरिरहेको जानकारी दिएका छन् । झापामा ओ नेगेटिभ रगत समुहको अभाव देखिएपनि डराउनु पर्ने अवस्था नरहेको शिवाकोटीले जानकारी दिए ।

नगरपालिकाले थाल्यो अभियान : झापाको विर्तामोड नगरपालिकामा डेंगु रोगको संक्रमण फैलिएपछि यसको नियन्त्रण गर्न नगरपालिकाले आज(बुधबार)बाट घरदैलो अभियान सुरु गर्ने नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । उनका अनुसार आज बिहान मुक्ति चोकमा १० वटा नगरपालिका वाध्यक्ष, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, प्रहरी लगायत सबै निकायसंगको समन्व्यमा घर–घरमा जनचेता अभियान सुरु गरिने शिवाकोटीले बताए ।
सोमबार नगरपालिकामा भएको प्रशिक्षणमा विर्तामोड नगरपालिकाका जनप्रतिनिधिलाई डेंगु रोगको विषयमा प्रशिक्षण दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाले जानकारी दिए । विर्तामोडमा संक्रमण फैलिएकाले रोकथामको कामलाई पहिलो प्रथमिकता दिइएको बताइएको छ । खाल्डाखुल्डी पुर्ने, टायरलाई ब्यवस्थि तगर्ने, फोहोर ब्यवस्थापन गर्ने लगायतका कामलाई अब तिब्र रुपमा सबै क्षेत्रमा अगाडी बढाइनुका साथै नगरपालिकाका ६० जना प्रतिनिधि नै डेंगु नियन्त्रणमा खटिने मेयर शिवाकोटीले जानकारी दिए ।
नगरपालिकाले आफैंले स्प्रे मेसिन खरिद गरेर स्प्रेको काम सुरु गरेको बताएका छन् । उनले विर्तामोडबासीलाई आफ्नो स्वास्थयको ख्याल गर्न आग्रह समेत गरेका छन् ।

कसरी बच्ने डेंगुबाट : अहिले नेपालको विभिन्न भु–भागमा डेङ्गु महामारीको रुपमा फैलदै गरेको छ । झापा, चितवन लगायतका जिल्लामा यो रोग फैलिएको छ । समयमै यस रोगको रोकथामको बारेमा नसोचिदा र जनचेतनाको आभावले हरेक वर्ष यसले महामारीकै रुप लिने गरेको छ । विश्वमा लामखुट्टेको टोकाईबाट अति नै शीघ्र फैलने भाइरसको संक्रमणबाट हुने रोग मध्येको रोग

हो डेंगु । एडिस इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्त ठाउहरुमा यो लामखुट्टेले अण्डा पार्दछ ।
यो प्रजातिका लामखुट्टेले मुख्यत सफा जमेको पानिमा अण्डा पार्दछ र साझपख मानिसहरुलाइ टोक्ने गर्दछ । यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातीका लामखुट्टेमा पाइदैन । सुरुमा विरामीहरुमा टाउको दुख्ने, रिंगाटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, जोर्नीहरु दुख्ने, बान्ता हुने, सामान्य ज्वरो आउने र आलस्यता हुने जस्ता लक्षणहरु देखिने गरेको चिकित्सकहरुले जनाएका छन् । साथै नाकबाट रगत आउने, दिसामा रगत आउने तथा कालो दिशा हुने, रगतमा पानीको मात्रा कम हुने, प्लेटेलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुने जनाइएको छ । अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने बताइएको तर बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जाने बताइएको छ । यस रोगको तीनवटा चरणहरु देखिन्छ । क्लासिक डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगु शक सिन्ड्रोम् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो, यो आफैं निको हुन्छ तर डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्यु समेत हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

कसरी गरिन्छ परीक्षण ? यसको परीक्षण गर्न बिरामीको रगत तथा सेरमको नमुना लिने गरिन्छ । विभिन्न कोषहरुमा कल्चर गरेर कीट तथा सेरोलोजिकल टेस्टहरु जस्तै ःबअभ्ीक्ष्क्ब्,ज्ब्क्ष्,क्ष्नन् भ्ीक्ष्क्ब् आदि गरेर प्रयोगशालामा सजिलै रोगको पहिचान गर्न सकिन्छ । यस रोगका लक्षणहरु देखिनासाथ तुरुन्तै अस्पताल गएर परीक्षण गर्नुपर्दछ । नेपालका सबै सरकारी अस्पतालमा यसको परीक्षण निशुल्क गरिन्छ । झापामा रहेका सबै सरकारी स्वास्थय संस्थाहरुमा किटको ब्यवस्था गरिएकाले निःशुल्करुपमा यो रोगको परिक्षण गर्न सकिने जिल्ला जनस्वास्थय कार्यालयका प्रमुख कोइरालाले जानकारी दिए ।

रोकथामका उपाय : रोग लगेर उपचार गराउनु भन्दा रोग लग्न नदिनुनै बुद्धिमानी भने झै ,रोग लाग्नवाट वच्ने उपायहरु समयमै अपनाउनु पर्दछ । मुख्यतया यसवाट वच्न लामखुट्टेको टोकाइवाट बच्नुपर्छ । तसर्थ आफ्नो घर सफाई गर्नु र घरमा पानि जम्ने खाल्टाखुल्टीहरु पुर्नुपर्छ । साथै लामखुट्टेको टोकाईबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु झ्याल ढोकामा जाली राख्नु आवश्यक छ । शरीर ढाक्ने कपडा लगायन तथा रससफाईमा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर