Aamsanchar

प्रधानमन्त्री देउवाद्वारा चिनियाँ नेता सिलाई बधाई ज्ञापन

Author Image
बुधवार, कार्तिक ८, २०७४

काठमाडौँ,

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ राष्ट्रिय कँग्रेस सफलतापूर्वक सम्पन्न भएकामा र पार्टी महासचिव पदमा पुनःनिर्वाचित हुुनुभएकामा जनगणतन्त्र चीनका राष्ट्रपति सि जिनपिङलाई आज बधाई ज्ञापन गर्नुभएको छ ।

बधाई सन्देशमा प्रधानमन्त्री देउवाले सिको महासचिव पदमा दोस्रो पटकको विजय चिनियाँ जनता र चिनियाँ कम्युनिस्ट पार्टीले उहाँको गतिशील नेतृत्वप्रति दर्शाएको ठूलो विश्वासको संकेत हो भन्नुभएको छ ।

चिनियाँ जनताको सामाजिक–आर्थिक तथा प्रविधिगत विकास र जीवनस्तर सुधारमा चीनले अभूतपूर्व प्रगति हासिल गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले ‘सम्पूर्ण मानवका लागि साझा गन्तव्य पछ्याएका विश्व समुदाय’ र आर्थिक समृद्धिका लागि राष्ट्रहरुबीच बृहत्तर सहयोगबारेको चिनियाँ नेता सिको दृष्टिकोणको सराहना गर्नुभएको छ ।

आउँदा दिन नेपाल–चीन द्विपक्षीय सम्बन्ध विविध पक्षबाट झागिँदै जाने र नयाँ उचाइमा पुग्ने विश्वास पनि प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभएको छ ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर