शान्तिनगर,
झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला कात्तिक १७ गते शुक्रबार देखि २१ गते ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिन लाग्दै आएको मेला १० वर्षे माओवादी द्धन्दकालसंगै बन्द भएको थियो । गत ३ वर्ष अघिदेखि यो स्थानको पहिचान र विकासका लागि युवाले पुन मेला शुरु गरेका हुन् ।
स्थानीय युवाको सक्रियतामा गत बर्षहरुमा लाग्दै आएको मेला, यो वर्ष पनि ठुटेबर संरक्षण तथा विकास समितिले लगाउने भएको छ । मेला लगाउन चित्र बहादुर राईको अध्यक्षतामा २० सदस्यीय मुल समिति गठन गरिएको छ भने विभिन्न ५ वटा उपसमिति गठन गरिएको सचिव लिनमणी न्यौपानेले जानकारी दिए ।
मुल समितिको उपाध्यक्ष द्धव्यमा खुरहरी ढकाल र शिरोमणी गुरुङ्ग, सचिवमा निलमणी न्यौपाने, सह–सचिवमा चेतन ढुङ्गेल र कोषाध्यक्षमा पुष्कर पौड्याल रहेका छन् । त्यस्तै स्वयम् सेवक परिचालन समितिको संयोजकत्वमा शिरोमणी गुरुङ्ग, सांस्कृतिक कार्यक्रम विभागमा ज्ञानु सुब्बा, मञ्च व्यवस्थापनमा खुरहरी ढकाल, आर्थिक संयोजकमा चेतन ढुङ्गेल र प्रचार÷प्रसारमा पुष्कर पौड्याल, सञ्चारकर्मी आयुष निरौला, दिपेन लावती, बिष्णु लामिछाने र सन्तोष ढुङगेल रहेका छन् ।
शिवकुमार पौड्यालको संयोजकत्वमा विभिन्न विद्यालयका प्रधानाध्यापक, कञ्चन जंघा एफका प्रबन्धक निर्देशक चन्द्र भण्डारी, कार्यक्रम प्रस्तोता शिरो शान्दाई सहितको सल्लाहकार समिति गठन गरिएको छ । मेलाको तयारी तिब्ररुपमा भइरहको ठुटेबर संरक्षण तथा विकास समितिले जनाएको छ । स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला सहयोगी बन्ने अपेक्षा छ ।
करिब ५÷६ सय वर्ष पुरानो बरको रुख परिषरमा लाग्दै आएको मेला, वि.स. २०६४ साल भदौ २० गते ढले पछि, सोही स्थानमा नयाँ बरको रुख रोपिएको छ । यो पटक पनि यहाँको सौन्दर्य र यहाँको पहिचान संरक्षण गर्न, बिभिन्न लोक साँस्कृतिक कार्यक्रम आयोजना गर्ने समितिका अध्यक्ष राईले बताए । सो स्थानमा समितिले आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन रोटे पिङ्ग, विभिन्न कृषि सामाग्रीका स्टल र राष्ट्रिय स्तरका कलाकारकोप्रस्तुती रहने आयोजकले जनाएको छ ।