Aamsanchar

छठ पर्वका अवसरमा नेताहरुको शुभकामना सन्देश

Author Image
बुधवार, कार्तिक ८, २०७४

काठमाडौँ, 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा भातृत्व, भगिनित्व, एकता र आत्मियताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश दिँदै उहाँले नेपालमा राजनीतिक संघर्षको युग सकिएकाले अबको यात्रा विकास र समृद्धितर्फको हुने उल्लेख छ । नेपालीको समृद्धिको चाहना पूरा गर्न देशको राजनीति स्थिर हुनपर्ने बताउँदै नेपालीको यही चाहनालाई आत्मसात गर्दै हामीले बाम गठन्धनको अभियान सुरु गरेको उल्लेख गर्नुभएको छ ।

यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विविध जाति, भाषा, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा यस प्रकारका पर्वले आपसी प्रेम, सदभाव र मित्रता बढाउँदै सामाजिक एवम राष्ट्रिय एकतालाई बलियो बनाउनसमेत प्रेरणा दिने बताउनुभएको छ ।

Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर