झापा । 

बालक हत्याको निष्पक्ष छानबिनको माग गर्दै शुक्रबार बिर्तामोडमा भएको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन निर्देशन दिने झापा अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाल जिल्ला तानिएका छन्।

शान्तिपूर्ण प्रदर्शनमा कसरी गोली चलाउनुपर्ने स्थिति आयो भन्ने विषयमा छानबिन गर्न डीएसपी सिलवाललाई जिल्ला तानिएको संघीय प्रहरी इकाई कार्यालय चन्द्रगढी मेचीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पिताम्बर अधिकारीले जानकारी दिए।
बालक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्युबारे छानबिन गर्न माग गर्दै शुक्रबार स्थानीयवासी प्रदर्शनमा उत्रिएका थिए। भिड नियन्त्रणका क्रममा प्रदर्शनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि गोली चल्दा एक जनाको मृत्यु भएको छ भने झापामा अनिश्चितकालीन कर्फ्यू लागेको छ। स्थानीयले डीएसपी सिलवालको ठाडो निर्देशनमा सर्वसाधारण जनतामाथि गोली हानेको भन्दै उनलाई कारबाही गर्न माग गरेका थिए।अन्नपूर्ण पोस्टबाट


