
बिर्तामोड । बिर्तामोड नगरपालिकाका मेयर धु्रबकुमार शिबाकोटी र उप मेयर पबित्रा महतारा प्रसाईले एक प्रेस बिज्ञप्ति प्रकाशित गरी अर्जुनधारा ११ निबासी बालक लक्ष्मण शिबाकोटीको मृत्युको बिषयलाई लिएर भएको प्रदर्शनका क्रममा भएको अप्रीय घटना प्रति दुख ब्यक्त गर्नु भएको छ ।
स्थानीयबासीले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी नरेश थापाको हत्या भएकोे र धेरै सर्बसाधारणलाई घाइते बनाएकोमा हामीलाई अत्यन्त मर्माहत बनाएको छ भन्दै उहाँहरुले मृतक बालक लक्ष्मण शिबाकोटीको मृत्युका बारेमा छानबीन गरी दोशीलाई कानुनको दायरामा ल्याउनु पर्दछ भनेर सुरुदेखि नै लागिपरिरहेको स्प्रष्ट पार्नुभएको छ ।

स्थानीयको मागलाई न्यायिकरुपमा निरुपण गर्नु पर्नेमा प्रदर्शनकारी माथि गोली चलाउने अबस्था सिर्जना गरिनु स्थानीय प्रहरीको कमी कमजोरी पछिको उत्पन्न परिणाम हो भन्ने हाम्रोे ठहर छ , बिज्ञप्तिमा भनिएकोछ , यद्धपि कुनै पनि समस्याको समाधान तोडफोड र आगजनी भने होइन ।
बिज्ञप्तिमा यस परिस्थितीबाट नगरलाई शान्त राख्न पिडीत पक्षको माग बमोजिम सर्बदलीय सहमति भइसकेको कुरा सबैमा जगजाहेर रहेको उल्लेख गर्दे सबेमा धैर्य रहन आग्रह गरिएको छ ।

यस घटनापछि सरकारी उच्चस्तरबाटै छानबीन समिति गठन भई त्यस समितिले छानबीन कार्य आरम्भ गरिसकेको हुँदा मृतक बालकको परिबारले न्याय पाउनु पर्दछ भन्ने अडान रहेको समरण गराउँदै स्थानीय सरोकारबालाहरु कै सम्लग्नतामा छानबीन गरिने र दोशीलाई कानुनी कारबाही गरिने भएकोले त्यस कार्यमा सहयोग गरिदिन हामी सम्पूर्ण नागरिकमा बिषेश आग्रह गरिएको छ।
प्रहरीको गोली लागेर मृत्युबरण गरेका नरेश थापाको परिबारलाई १० लाख राहत उपलब्ध गराउने, घाइतेहरुको उपचार गरिने, तोडफोड भएकोमा उचित क्षतिपूर्ती उपलब्ध गराउने जस्ता बिषयमा सहमति भइसकेको अबस्थामा त्यस सहमतिलाई कार्यान्वयन गरेर जानु नै उचित हो, बिज्ञप्तिमा उललेख छ ।


