Aamsanchar

उच्चस्तरीय टोलीद्धारा विर्तामोड गोली काण्डको छानबिन सुरु

Author Image
आइतवार, कार्तिक १२, २०७४

विर्तामोड

शुक्रबार विर्तामोडमा भएको गोलीकाण्ड र अर्जुनधारा ११ का ११ बर्षिय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युबारे अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय टोलीले आइतबारदेखि अध्ययन गर्न शुरु गरेको छ ।

आइतबार मृतक बालक शिवाकोटीको घर गएर उनका बाबु आमा तथा छिमेकीसंग उक्त टोलीले कुरा गरेको हो । टोलीले बालकको शव पाइएको स्थानको समेत अध्ययन गरेको छ । शुक्रबार बिर्तामोडमा एक जनाको ज्यान जाने गरी भएको घट्ना तथा बालक लक्ष्मण शिवाकोटीको मृत्युका बारेमा छानबिन गर्न सरकारले गठन गरेको ४ सदस्यीय उच्चस्तरीय टोली गठन गरेको थियो ।

गृह मन्त्रालयका सहसचीब बिरेन्द्रकुमार यादबको संयोजकत्वमा नेपाल प्रहरीका नायब महानिरीक्षक रमेशकुमार भट्टराई, शसस्त्र प्रहरीका नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान निर्देशक हरिहर पौडे्ल सम्मिलित टोलीले घटनाको अध्ययन गर्न शुरु गरेको हो ।

मृतक बालकको घरमा पुगेको टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव यादवले पत्रकारहरुसंग कुरा गर्दै चाँडो भन्दा चाँडो घटनाबारे प्रतिवेदन तयार पार्ने जानकारी दिए । उनले भने, ‘तपाईंहरु सबैको सहयोग होस् । हामी छिटो प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने छौं ।’ उनले अध्ययन भर्खर शुरु गरिएको हुनाले त्यसको परिमाणका बारेमा थाह पाउन केही पर्खन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर