Aamsanchar

वडा समन्वय परीषद् गठन

Author Image
आइतवार, कार्तिक १२, २०७४

बिर्तामोड ।


नेपाल आदिबासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परीषदले हालसम्म ९ वटा वडामा वडा समन्वय परीषद् गठन गरेको छ ।

परीषदका अध्यक्ष गोपाल राईका अनुसार वडा नंबर १ मा डिल्ली लिभाङको अध्यक्षतामा ९ सदस्यीय , २ मा बिरवल राजबंशि , ३ मा हरी नारायाण चौधरी , ५ मा रत्नकुमार श्रेष्ठ , ६ मा कृष्णमाया चौधरी , ७ बिर बहादुर श्रेष्ठ , ८ रण बहादुर मगर र ९ मा सूर्य नरायण चौधरीको अध्यक्षतामा ९ सदस्यीय वडा समन्वय परीषद् गठन गरीएको हो ।
त्यसैगरी वडा नंबर १० मा पनि आगामी १५ गते भित्रमा गठन गरीसक्ने जनाइएको छ । बिर्तामोड नगरभित्र बसोबास गर्ने आदिबासी जनजाति समुदायको भाषा, लीपि, भेषभुषा , धर्म पहिचान र जातिय अधिकार प्राप्तिका लागी कृयाशिल रहने उद्धेश्यले समिति गठन गरीएको जनाइएको छ ।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर