Aamsanchar

डुबेर बालकको मृत्यु

Author Image
आइतवार, कार्तिक १२, २०७४

इनरुवा, 

सुनसरीको सीतागञ्ज शाखा नहरमा डुबेर एक तीन वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गढी गाउँपालिका–६ का जेलु ऋषिदेवको ३ वर्षीय छोरा शिव ऋषिदेव रहेको जिल्ला अस्पताल इनरुवा बिटका प्रहरी इञ्चार्ज रामसुन्दर यादवले जानकारी दिनुभयो ।

हराएको भनिएको शिव ऋषिदेव आइतबार बिहान डुबेर तैरिरहेको अवस्थामा फेला परेको स्थानीयवासी भुवनेश्वर यादवले जानकारी दिनुभयो । मृत बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ ।

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर