Aamsanchar

शिशुको शव फेला

Author Image
आइतवार, कार्तिक १२, २०७४

इलाम, 

इलाम नगरपालिकास्थित सिलिखानमा आज सालनालसहितको नवजात शिशुको शव फेला परेको छ ।

शिशुको शव सिलिखान नजिकै रहेको सोनाम होटलको अगाडि झाडीमा फेला परेको हो । स्थानीयवासीले घाँस काट्ने क्रममा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शिशुको शव परीक्षणका लागि इलाम अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर