विराटनगर,

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ स्थित नमस्ते टोलमा रहेको कपास उद्योगमा आज आगलागी हुँदा रु सात लाख बराबरको सामग्री जलेर नष्ट भएको छ ।

एक नं प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार सोही स्थानका किरण घलेको ग्रिन कपास उद्योगमा आगलागी हुँदा कपडा पेल्ने मेसिन, रुवा तथा अन्य सम्पूर्ण कपडा जलेर नष्ट भएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Views: 121

