Aamsanchar

बिर्तामोड गोली काण्ड: को कहाँ चुक्यो

Author Image
मङ्गलवार, कार्तिक १४, २०७४

नरेन्द्र ढकाल
दशैं मनाउन सबै ब्यस्त थिए । तर एकाएक झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षिय बालक लक्ष्मण शिवाकोटीको मृत्युको कारणले सिंगो झापालाई नै स्तब्ध बनायो । नाबालक बच्चाको मृत्युको कारण प्रष्ट हुन नसक्दा झनै शंका र उपशंकाहरु जन्मिन थाले । दशैंको टिकाको अघिल्लो दिन फुपूको छोरा १२ वर्षीय मनिष थापालाई विदेशबाट आएको जुत्ता लिन बिर्तामोड–५ का सुधिर पोखरेलको घरमा गएका थिए, उनी । त्यसपछि शिवाकोटी एकाएक परिवारको सम्पर्कबाट बाहिर भएका थिए ।
अपरान्हसम्म पनि छोरा घर नफर्किएपछि शिवाकोटी परिवारका सदस्य पोखरेलको घरमा पुगेका थिए । तर, ढोकामा ताल्चा थियो । दसैंको टीकाको दिन भएकाले पोखरेल परिवार गोल्धापमा टीका लगाउन गएको थियो । त्यसपछि परिवार र स्थानीयले बालकको खोजी सुरु गरे । तर, रातिसम्म केही अत्तोपत्तो भएन । भोलिपल्ट बिहान बैसाबाडीमा रहेको एउटा भौडीमा भासिएको अवस्थामा बालकको शव भेटिएको थियो । परिवारले लक्ष्मणको हत्या भएको दाबी गर्दै पोखरेल परिवारका ८ सदस्यबिरुद्ध किटानी जाहेरी दिएको थियो । तर बिर्तामोडका तत्कालिन डिएसपी राजकुमार सिलवालले जाहेरी लिनसमेत आटाल गरेपछि उनीमाथि चर्को दबाब सिर्जना गर्नु परेको थियो । बल्लतल्ल जाहेरी दर्ता गरेको प्रहरीले अनुसन्धानलाई तिब्रता नदिएको भन्दै असन्तुष्टि बढ्दै गएको थियो । त्यसैले आन्दोलनको रुप विस्तारै लिन थालिसकेको थियो । घटनाबारे बुझन जानेहरुलाई समेत डीएसपी सिलवालले आफ्नो पदको रवैया देखाउदै हप्काएर पठाउने गरेका कारणपनि जनआक्रोश विस्तारै बढ्न थालेको थियो ।
प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको र मृत्यु प्रकरणलाई हत्या नभएको भन्ने आसयका साथ तयारपारिएको सुइको पाएका स्थानीय क्रमश आन्दोलनका लागी सर्घष समिति नै बनाएर आन्दोलनमा उत्रिन थालिसकेका थिए । आन्दोलन गर्ने पूर्वसूचना पाइएसकेका डीएसपी सिलवालले ¥याली निकालिएको स्थानमा नै गएर मुक्ति चोकमा आए ठोक्ने बताएपनि जनआक्रोश बढ्दै गएको थियो । शान्तिपूर्णरुपमा सुरु भएको ¥यालीमाथि शुक्रबार प्रहरीले दमन गर्दा एकाएक रणभूमी बन्न पुग्यो । प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका डीएसपी सिलवालले सम्यम्ता अप्नाएर सहजरुपमा ¥याली गर्न दिएको भएमात्र पनि यस्तो अवस्था नआउने बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले बताए । उनले प्रहरीले स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गएर सल्लाह मागेको भएपनि यस्तो गोली काण्ड नहुने शिवाकोटीको तर्क छ ।
प्रहरीले सम्यम्ता आएको भए र आन्दोलनकारीको नेतृत्व गरेकाहरुले पनि आन्दोलनलाई सम्हाल्न सकेको भए यस्तो अवस्था नआउने जानकारहरु बताउँछन् । दुवै पक्षले धैर्यता गुमाउदा बिर्तामोड एकाएक खण्डहरमा परिणत बन्न पुग्यो । त्यस्तै स्थानीय सरकारको रुपमा रहेका बिर्तामोड र अर्जुनधाराका मेयरद्धयले समेत घटनाको सम्बन्धमा स्थानीयबासीलाई आश्वास्त बनाउन सकेको भए यो अवस्था नआउने विश्लेषण गर्न थालिएको छ । सबै चुक्दा अन्ततः प्रहरीले गोली चलाउनु पर्ने अवस्था आयो र एक ब्यक्तिको मृत्यु भयो भने केही घाइते बन्न पुगे ।

झापाको इतिहासमै यतिलामो कफ्यु :

झापामा विभिन्न समयमा भएका घटना क्रमलाई र्फकेर हेर्दा अहिलेसम् मयति लामो कफ्यु लागेको थाहा नभएको स्थानीयको भनाई छ । १९ दिने जनआन्दोलन, बिर्तामोडमा भएको चिठ्ठा काण्ड लगायतका विभिन्न घटनाहरुमा प्रशासनले कफ्यु लगाउनु पर्ने अवस्था आएपनि साढे ५५ घण्टासम्म लगातार कफ्यु लगाएको झापाको इतिहासमा पहिलो भएको जानकारहरु बताउँछन् ।
विगतका कफ्युहरुमा मानिसहरु सजक हुने गरेपनि यसपटक जुन परिस्थितका बीच कफ्यु लागेको थियो । त्यसमा सामाजिक सञ्जालहरुमा आएको विभिन्न भड्काउ पूर्ण अभिब्यक्तिका कारण पनि मानिसहरु उत्तेजित बनेर प्रशासनले कफ्यु लम्ब्याउन बाध्य भएको सुरक्षा निकायको भनाई छ । जिल्ला सुरक्षा समितिको बैठक बसेर शनिबार बेलुकाबाटै कफ्यु हटाउने प्रयत्न गरेपनि आन्दोलन चर्किन संकेत पाएपछि कफ्युलाई निरत्तरता दिएको थियो । लगातारको कफ्युका कारण जनजीवन प्रभावित बनेको भन्दै आलोचना समेत सुरु भएको र परिस्थिती समेत समान्य बन्न थालेपछि प्रशासनले क्रमश कफ्यु हटाउदै लगेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

किन प¥यो आन्दोलनकारीको निशानामा ट्राफिक ?

मेची अञ्चलकै प्रमुख ब्यपारी केन्द्रको रुपमा रहेको झापाको बिर्तामोड स्थित मुक्तिचोक उत्तरमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय हरेक आन्दोलनको निशानामा पर्ने गरेको छ । आन्दोलनकारी आफ्नो माग पुरा गर्न गरिने प्रर्दनमा सुरक्षा निकायको उपस्थिती हुने गरेको छ । आन्दोलन हिंसात्मक बन्न थालेपछि सुरक्षकर्मी पछि हट्दै ट्राफिक प्रहरी कार्यालयमा शरण लिन पुग्ने गरेको र आन्दोलनकारी सुरक्षाकर्मीलाई आक्रमण गर्दा ट्राफिक कार्यालयमा क्षति हुने गरेका घटना शुक्रबारको मात्र होइन विगतका इतिहासमा पनि यस्ता घटनाहरु ट्राफिक प्रहरीले ब्यर्होदै आएको छ ।
शुक्रबार भएको हिंसात्मक आन्दोलनमा आन्दोलनकारीले ढुङगामुढा प्रहार गर्दा करिब ५० लाखबढीको क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयकाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालयका झ्यालका सिसा, सिसि क्यामेरा, विभिन्न चेतनामुलक बोर्डहरु, यातायातका सवारी साधन, भावनमा क्षति पुगेको छ । आन्दोलनकारीले ट्राफिक प्रहरीलाई निसाना नबनाएपनि सुरक्षाकर्मीहरु प्रवेश गरेपछि ट्राफिक प्रहरी कार्यालय सबैको आखाँको तारो बन्न पुगेको सर्वसाधारणको भनाई छ ।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर