Aamsanchar

भारतबाट औषधी भित्राएका व्यक्तिमाथि मुद्धा दर्ता

Author Image
मङ्गलवार, कार्तिक १४, २०७४

झापा ।

भारतबाट अवैध रुपमा औषधी नेपाल भित्राएको दुई जनालाई औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरले कारवाही गर्ने भएको छ ।
झापा शिवसताक्षी नगरपालिका १ बस्ने ५५ बर्षिय भाुनभक्त ढुंगाना र भारत पश्चिम बंगाल मुसिदावदका ४३ बर्षिय अनिसुर अन्सारीलाई औषधी ऐन बमोजिम मुद्धा दर्ता गराई कारवाही सुरु गरेको विभागका प्रमुख शम्भु साहले जानकारी दिनुभयो ।

ढुंगाना र साहले झापाको काकडभिट्टा नाकाबाट चोरी निकासी गरी ६२ प्रकारको औषधी विना इजाजत नेपाल भित्राएको थियो । दुवै जनालाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले औषधीसहित नियन्त्रणमा लिएर कारवाहीका लागि औषधी विभाग विराटनगर बुझाएका थिए ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर