Aamsanchar

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

Author Image
मङ्गलवार, कार्तिक १४, २०७४

काठमाडौं,

माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले ढुंगेललाई मंगलबार बिहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।

नेता ढुंगेललाई ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या गरेको ठहर गर्दै सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो ।

अदालतले नेता ढुंगेललाई दोषी ठहर गरेर सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो  । दोषी ठहर गरेका ढुंगललाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षकमाथि अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको थियो ।

एक हप्ताभित्र पक्राउ गर्न आदेश गरे पनि नपक्रिएको भन्दै आइजिपीमाथि अदालतको अवहेलन मुद्दा कात्तिक ८ गते दायर भएको थियो । त्यसको ६ दिनपछि ढुंल पक्राउ परेका हुन् ।-उज्यालो अनलाइनबाट साभार

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर