

विनोद पाण्डे(कमल)

चारपाने,कार्तिक १४ । अर्जुनधारा प्रेस क्लवको पहिलो बैठक झापाको मुख्य धार्मिक पर्यटक स्थल अर्जुधारा जलेश्वरधाममा सम्पन्न भएको छ ।
प्रेसक्लवका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न कार्यक्रम सहिति वार्षिक कार्ययोजनाहरु पारित गरेको छ । पारित योजनाहरु मध्ये विभिन्न विधाका प्रशिक्षण गराउने र अर्जुनधारा नगरपालिकाका ११ वटा वडाहरुको विकासका सम्भावना र चुनाौतीहरुको बारेमा अन्तरक्रिया गर्ने लगायतका कार्ययोजना क्लवले तयार पारेको क्लवका सचिव प्रेम आचार्यले बताएका छन ।

क्लवले फरकशैली र नया पन दिने उदेश्यले आफ्नो संस्थाको वैठक संगै अर्जुनधारा धाम व्यवस्थापन समिति संग अर्जुनधाराको प्रचार र विकासको निमित्त नजिकिदै गरेको बलाचर्तुदशी पर्वमा बर्षेनी अर्जुनधारा जलेश्वरधाममा आयोजना हुदै आएको धार्मिक अनुश्ठानको बारेमा अन्तक्रिया कार्यक्रम समेत सम्पनन भएको छ ।

धाम समितिका अध्यक्ष नविनकुमार गट्टानीको अध्यक्षतामा भएको अन्तरत्रियामा यसबर्ष धामको स्वर्णमहोत्सव मनाउने विषयमा फलगरिएको थियो । मन्दिर स्थापना भएको ५० बर्ष पुरा भएको सुअवसरमा बढो धुमधामले उत्सव मनाउने जमर्को धाम समितिले गरेको अध्यक्ष नविन गट्टानीले बताएका छन ।
खडेबाबाको शालिक, पुष्पलाल स्मृति भवन, मोक्षश्वर शिवलिंग निर्माण गर्ने लगायतका महोत्वकांक्ष योजनाहरु अघिसारिएको गट्टानीले जानकारी गराएका छन ।
मंसिर १ गते बाता चर्तुरदशी मेलालाई भव्य र सव्य बनाउन विभिन्न उपसमिति चयन गरिएको छ । सो समयमा अर्जुन पोखरीको श्रङगार, शनिस्चरे बजार आसपास विद्युत जडानगरी उज्जायालो बनाउने, ठाउँठाउँमा स्वागत गेट निर्मार्ण गर्ने कामलाई समितिले तिब्रता दिएको बताईएको छ ।
२०२३ सालमा शनिश्चरेमा घुम्दै आएका योगी साधु खडेबाबाले अहिलेको धाम भएको स्थानमा शिवको बास रहेको भनेपछी मन्दिर स्थापना गरेर दैनिक पुजाहुदै आएको पवित्र ठाउ हो अर्जुनधारा धाम
पूर्वमै धेरै अनुष्ठान भएको ठाउँ भन्दा फरक नपर्ने अर्जुनधारा धाममा यस बर्ष पनि कार्तिक २१ गते देखि मंसिर १ गते सम्म ३५ औं अनुस्ठान शिव महापूराण आयोजना हुने भएको छ । उक्त पुराणमा प्रमुख बाचक पंडित दुर्गाप्रसाद खतिवडा र उपबाचन धामका गुरु पंडित अग्नीप्रसाद सिग्देलले गर्ने भएका छन ।
विगतका बर्षहरु भन्दा यस बर्ष अली फरक र आर्कषण तरिकाले स्वर्णमहोत्सव आयोजना हुनेहुदा अनुश्ठानको क्रममा र अन्य दिनमा पनि समितिले विभिन्न व्यक्ति हरुलाइृ सम्मान गर्ने भएको छ । सम्मानित हुनुहुने हरु स्थापनाकालका संस्थापक समिति पदाधिकारीहरु र हाल सम्म धाममा सहयोग पुराउदै आउनुहुने दाताहरुलाई सम्मान गर्ने दाता सम्मन व्यवस्थापन समितिका संयोजक एवं धामका कोषाध्यक्ष मनोज जोशीले बताएका छन ।
स्वर्णमहोत्समा धेरैभन्दा धेरै भक्तजनहरुलाई धामले गरेका कार्यक्रमको बारेमा जानकारी गराउने उदेश्य राखेको प्रचारप्रसार उपसमितिका संयोजक सुधिर बस्नेतले बताएका छन । अन्तरक्रिया कार्यक्रमको संचालन धामका प्रेस संयोजक दिपिन राईले गरेका थिए ।

