दार्चुला,
अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका–७ धाप बस्ने हरक सिंह ठगुन्नाकी ११ वर्षीया छोरी पुनम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
ठगुन्नालाई सोमबार बेलुकी घर नजिकै घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको प्रहरीले जनाएको छ । मृतक ठगुन्नालाई अरिङ्गालले टोक्ने बित्तिकै अस्पताल ल्याइएको भए पनि जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि भारतको पिथौरागढ पठाइएको थियो ।
एघार वर्षीया बालिका ठगुन्नाको आज पिथौरागढ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् । घाँस काट्ने क्रममा उनीसँगै रहेकी उनकी आमा पार्वती ठगुन्नालाई पनि अरिङ्गालले टोकेको छ । उनकी आमाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 158