Aamsanchar

४ करोड ५० लाखको लागतमा फिल्टर ट्याङकी

Author Image
मङ्गलवार, कार्तिक १४, २०७४

[दिपेन लावती]

शान्तिनगर,

झापाको बुद्धशान्ति गाउँपालिका–४ र मेचीनगर–९ का स्थानीयले स्वच्छ खानेपानी खान पाउने भएका छन् । बर्ने स्किम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले २०५४ सालबाट उपभोक्तालाई खानेपानी बितरण गर्दै आएको छ ।

करिब २० बर्ष पछि खानेपानीको मुहानमा फिल्टर ट्याङकी बन्न थालेपछि उपभोक्ता स्वच्छ खानेपानी खानेमा ठुक्क भएका छन् । रिजर्भ ट्याङकीबाट करिब ३ किलोमिटर उत्तर टिमाई खोलाको मुहानमा नेपाल सरकार अन्तर्गत खानेपानी गुणस्तर सुधार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७३÷०७४ देखि क्रमागत रुपमा साढे ४ करोडको योजना परेपछि उपभोक्ता समितिको रोहबरमा ६० प्रतिशत काम सकिएको छ ।

बाँकी काम यहि माघ अन्तिम सातासम्म सकेर फिल्टर गरिएको पानी उपभोक्तालाई बितरण गर्ने लक्ष्य रहेको बर्ने स्किम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष फौदराज शेर्माले बताए । अहिले १३ मीटर लम्बाई, ७ मीटर चौडाई र ८ मीटर उचाईको २ कोठे सेडिमेन्टेसन ट्याङकी (पानी सङलो बनाउने) बनिसकेको छ ।

त्यस्तै, १४ मीटर लम्बाई, ९ मीटर चौडाई र ६ मीटर उचाईको १५ कोठे रथिङ फिल्टरको ढलानको काम सकिएको छ । बर्ने स्किम खानेपानीका इन्जिनियर प्रमोद दत्तले भने, ‘पानी प्रशोधन केन्द्र निर्माणको काम तीब्र गतिमा भईरहेको छ ।रिजर्भ ट्याङकी सम्म पाईप बिस्तारको काम सकियो, उपभोक्ताले स्वच्छ, खानेपानी यसैसाल भित्र खान पाउँछन् ।’

समितिको कोषाध्यक्ष कमला थाम्सुहाङले बर्षाको समयमा फोहोर र लेदोपानी खानु पर्ने बाध्यता हट्ने बिस्वास ब्यक्त गरिन् । फिल्टर ट्याङिक निर्माण पछि पानीबाट लाग्न सक्ने संभावित रोगबाट समेत मुक्त हुने बताईन् । आर्थिक बर्ष २०५४÷०५५ मा एडिवीको ८५ लाखको सहयोगमा २ वटा रिजर्व ट्याङिक (१ लख ५० हजार लिटर क्षमता), २ वटा इनटेक, पाइपलाईन बिस्तार गरि उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउदै आएको थियो ।

त्यसपछि नेपाल सरकार अन्तर्गत खानेपानी सुधार कार्यक्रम अन्तर्गत ३ करोडको लागतमा थप २ वटा रिजर्व ट्याङिक (१ लख लिटर क्षमता), कार्यालय भवन, ४ कठ्ठाको कार्यलय परिषर घेराबारा, रिजर्व ट्याङिक देखि मुहान सम्म पाईपलाईन बिस्तारका काम गरिएको थियो ।

अब फिल्टर ट्याङिक सम्पन्न भईसके पछि खानेपानीको मुहानमा २२÷२५ लाखको लागतमा मुहान सुधारका काम पनि गरिने बर्ने स्किम खानेपानी उपभोक्ता समितिका कार्यालय सचिब दयाराम शेर्पाले जनाए । बुद्धशान्ति–४ र मेचीनगर–९ का एक हजार ५० घरधुरीले सो स्वच्छ पिउने पानी उपभोग गरिहेको समितिले जनाएको छ । फिल्टर ट्याङिक, मुहान सुधार, पाईप–लाईन बिस्तार लगायतका काम सकिएपछि उपभोक्ता थप गरिने समितिको योजना छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर