

बिर्तामोड, कात्तिक १५। पूर्व सांसद एवम् संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बिश्वदीप लिङ्देन लगायतका जनजाति नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । यसरी पार्टी प्रवेश गर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवम् इलाम जिल्ला अध्यक्ष देवेन्द्र राई, संघीय लिम्बुवान पार्टीका पूर्व महासचिव सेसेहाङ खजुम, लिम्बुवानका इलाम जिल्ला अध्यक्ष डम्बर लोरिङ्देन, संघीय समाजवादी फोरमका प्रदेश समितिका सचिव सुमन शर्मा जमरकट्टेल, दलित मुक्ति मोर्चाका अध्यक्ष मोहन सेञ्चुरी, नेवाः देयः दवुका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार, संघीय नेवाः संघका प्रदेश प्रमुख इन्द्र श्रेष्ठ लगायत रहेका छन् । पार्टी प्रवेशपछि देवेन्द्र राईलाई इलाम क्षेत्र नं. १को प्रदेशसभाको टिकट दिनेकाँग्रेसले सहमति जनाएको पूर्व सांसद लिङ्देनले जानकारी दिए ।
बिर्तामोडको रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।















फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

