Aamsanchar

विर्तामोडका १६ वटा संघ संस्थाले ढुण्डीराजलाई संयूक्त रुपमा गरे सम्मान

Author Image
बिहिवार, कार्तिक १६, २०७४

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीलाई एक कार्यक्रमकाबीच विदाई गरिएको छ ।
उद्योग वाणिज्य संघ बिर्तामोडसहित १५ बढी संघसंस्थाले संयुक्त रुपमा गरिएको कार्यक्रममा गिरीलाई विदाई गरिएको हो । १७ महिना अघि झापाको नेतृत्व सम्हाल्न आएका गिरीको इटहरीमा सरुवा भएको हो । झापामा रहेर ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै विभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहेको भन्दै संघसंस्थाहरुलाई गिरीको प्रशंसा गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संघीय प्रहरी इकाई मेचीका प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की लगायतको आतिथ्य रहेको थियो ।


कार्यक्रममा राष्ट्रसेवक भएर अहोरात्र जनताको सेवामा समर्पित भएको भन्दै गिरीलाई सम्मान गरिएको हो । एक प्रहरीको सम्मानले सम्पूर्ण प्रहरीको मनोबल उच्च भएको र यसले थप जिम्मेवारी बनाएको संघीय प्रहरी ईकाई मेचीका प्रमुख अधिकारीले बताए । ट्राफिकसँग आफूले पनि धेरै सहकार्य गरेर विभिन्न अभियानहरु सञ्चालन गरेकाले प्रहरी निरीक्षक गिरी सम्मान हुँदा आफू पनि गौरवान्वित भएको धारणा व्यक्त गरे । झापा जस्तो ठाउँमा आएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दा यहाँका जनताले प्रशंसा गर्ने भन्दै राम्रो काम गर्नेलाई सँधै सम्मान गरिने वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराईले बताइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डालमियाले सँधै सडकमा हुने ट्राफिक प्रहरीले यातायात व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै समग्र झापाको ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन सफल भएको भन्दै प्रहरी निरीक्षक गिरीको प्रशंसा गरेका थिए । ,गिरीले ट्राफिक व्यवस्थापन मात्र नभई बिर्तामोड सरसफाई अभियान शुरु गरेर हालसम्म निरन्तरता दिएको भन्दै सामाजिक काममा पनि व्यवसायीलाई समेत अभिप्रेरित गर्न गिरी सफल भएको बताए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव प्रशान्त भण्डारीले गरेका थिए ।

गिरीलाई सम्मान गर्ने संस्थाहरुमा  विर्तामोड उद्योग बाणिज्य संघ, नेपाल अलैची व्यवसायी संघ, रोटरी क्लव अफ विर्तामोड, रोटरी क्लव अफ विर्तामोड मिट टाउन, वीरता जेसीज, वीरता लेडी जेसीज, महिला उद्यमी  संघ, नेपाल रेडक्रस विर्तामोड, होटल व्यवसायी संघ झापा, मेची पेट्रोलियम डिलर्स एशोसिएशन, अग्रशेन भवन विर्तामोड, श्री छठ पुजा सेवा समिति विर्तामोड, नेपाल सुनचाँदी व्यवसायी संघ झापा, लायन्स क्लव अफ बिर्तामोड, पूर्वाञ्चल प्लाईउड संघ, अञ्जली ओभरसिज रहेका थिए ।

Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर