Aamsanchar

असिनाले धान नष्ट, लाखौँको क्षति

Author Image
बिहिवार, कार्तिक १६, २०७४

तेह्रथुम, 

जिल्लाको छथर क्षेत्रमा थन्क्याउन लागेको धानबाली असिनाले नष्ट गरेको छ । कृषकले भित्र्याउन लागेको धानबालीमा क्षति हुँदा लाखौँ बराबरको नोक्सान भएको छ । सोमबार साँझ परेको असिनाले धानबाली चुट्दा रु १० लाखभन्दा बढीको क्षति भएको कृषकले बताएका छन् ।

जिल्लाका जिरीखिम्ती, अम्फुवा र छथर गाउँपालिकामा असिनाले लाखौँ बराबरको क्षति भएको कृषक लोकबहादुर अधिकारीले बताउनुभयो ।

म्याङलुङ नगरपालिकाको जिरीखिम्ती, अम्फुवा र छथर गाउँपालिकाको वडा नं १ र २ मा रहेका १०० भन्दा बढी कृषकको धानबालीमा क्षति भएको थियो । वर्ष दिनको कमाइ थन्क्याउन नपाउँदै असिनाले चुटेपछि कृषक चिन्तित बनेका छन् । करिब ३०० रोपनीमा रहेको खेतमा पाकेको धानमा क्षति भएको छ ।

खेतमा उब्जाएको अन्नले परिवार धान्दै आएका यामबहादुर कटुवाल भन्नुहुन्छ, “वर्ष दिनको कमाइ असिनाले लग्यो, परिवारलाई धान्न कठिन हुने भयो ।”
कृषकले खेतमा काटेर राखेको धान थन्क्याउन नपाइ असिनाले लगेको छ । खेतमा धान काटेर राखेरको थियो एक्कासि असिना पानी आयो, केहीदिनमा थन्क्याउने तयारीमा थियौँ, क्षणभरमै माटोमा धान मिल्यो, कृषक तेजबहादुर अधिकारीले दुखेसो गर्नुभयो ।

कृषकको धानबालीमा क्षति हुँदा लगानी माटोमा मिल्नुका साथै वर्ष दिनको कमाइ गुमाएका छन् । यसरी वर्ष दिनको कमाइ माटोमा मिल्दा किसान चिन्तित बनेको अधिकारीले बताउनुभयो । असिनाले धानखेतीमा क्षति पु¥याउँदा खाद्य संकट हुनसक्ने कृषि कार्यालय, तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको राशिफल
बुधवार, पौष १०, २०८१
पोखरामा बेलुन महोत्सव सुरु
मङ्गलवार, पौष ९, २०८१