मेचीनगर ।
मेचीनगर स्तरीय दोस्रो आशिष विक्रम नेम्बाङ स्मृति अन्तर मावि फुटबल प्रतियोगिताको फाइनलमा काँकरभिट्टा मावि र सरस्वती मावि भिड्ने भएका छन् ।
बालकल्याण बाल क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत बिहिवार सम्पन्न सेमीफाइनल खेलमा काँकरभिट्टाले बालकल्याण माविलाई २–१ गोल अन्तरले हराँउदै फइनलको यात्रालाई निश्चित गरेको हो । जितका लागि काँकरभिट्टाका लोमस कोइराला र सुजन श्रेष्ठले एक एक गोल गरेका थिए ।
बालकल्याणका तर्फबाट बिशाल सुब्बाले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बालकल्याणका सोधिप माझी भए । यसैगरी अर्काे खेलमा भानु माविले सरस्वती माविलाई ३–१ गोल अन्तरले हराए पनि विद्यालय भन्दा बाहिरको खेलाडी खेलाएको प्रमाण भेटिएपछि सरस्वती माविले गरेको प्रोट्रेक्सका आधारमा सरस्वती माविलाई विजयी घोषणा गरिएको थियो । कक्षा १० सम्मका विद्यार्थीले मात्र खेल्नु पर्ने भए पनि भानुले त्यो भन्दा माथिका ३ जना खेलाडी सहभागि गरएको थियो ।
शुक्रवार हुने फाइनल खेलका विजेताले नगद १५ हजार र उपविजेता हुेन टिमले १० हजार प्रापत गर्ने आयोजक क्लबकी अध्यक्ष मिक्सेन लावतीले बताइन् । यसैगरी प्रतियोगितामा खेल अवधीभरका उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाइकर र सर्वाधिक गोलकर्ताले समेत जनही एक एक हजार र ट्रफी प्राप्त गर्ने अध्यक्ष लावतीले बताइन् ।
मेची नेत्रालय मुख्य प्रायोजक रहेको प्रतियोगिताको सह प्रायोजक नरेन्द्र मेचे र प्राविधिक सहयोग काँकरभिट्टा ट्रेनिङ सेन्टर रहेका छन् । समापन खेलमा पत्रकार बाहुनडाँगी जेसीजबिच मैत्रीपूर्ण खेल समेत हुने आयोजकले बताएको छ ।