Aamsanchar

झापामा प्रतिनिधि र प्रदेशगरी १४६ को उम्मेदवारी/यस्ता छन् उम्मेदवारको (नामावली)

Author Image
बिहिवार, कार्तिक १६, २०७४

झापा । 

झापा जिल्लामा करिब दश गुणा उम्मेदवारी परेको छ । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि झापामा १ सय ४६ जनाले उम्मेदवारको मनोनयनपत्र दर्ता गराएका छन् ।

झापामा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । पाँच निर्वाचन क्षेत्रबाट पाँच जना प्रतिनिधिसभा सदस्य र १० जना प्रदेश सभा सदस्य गरी १५ जना निर्वाचित हुने छन् । तर, चाहेको भन्दा दश गुणा बढी राजनीतिकदल र स्वतन्त्रले उम्मेदवारी दर्ता गराएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले दिएको जानकारी अनुसार प्रतिनिधिसभाका लागि ५९ जना र प्रदेशसभा (क) र (ख) मा गरी ८७ जनाले उम्मेदवारी दिएको जनाएको छ । जसमा प्रदेश (क) तर्फ ४२ र (ख) तर्फ ४५ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जनाएको छ ।

झापामा रहेका पाँच निर्वाचन क्षेत्र अन्तरगत प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्बर १ वाट ७ जना, झापा २ र ३ मा १२/ १२ जना, झापा ४ र ५ मा १४/१४ जनाको प्रतिनिधिसभा तर्फ उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत रेग्मीले बताए । त्यसैगरि प्रदेश तर्फ झापा क्षेत्र नम्बर १ को (क) र (ख) मा ९/९ , झापा २ मा ८÷८, झापा ३ मा ७/७ जना, झापा ४ मा (क) ६ (ख) १२ र झापा ५ (क) मा १२ र (ख) मा ९ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिनिधिसभा झापा १

jhapa 1

प्रतिनिधिसभा झापा २

jhapa 2

प्रतिनिधिसभा झापा ३

jhapa 3

प्रतिनिधिसभा झापा ४

 

 

jhapa 4

प्रतिनिधिसभा झापा ५

jhapa 5

प्रदेशसभा झापा १ (क) र (ख)

jhapa 1 a

jhapa 1 b

 

प्रदेशसभा झापा २ (क) र (ख)

jhapa 2 a

jhapa 2 b

प्रदेशसभा झापा ३ (क) र (ख)

jhapa 3 ajhapa 3 b

प्रदेशसभा झापा ४ (क) र (ख)jhapa 4 ajhapa 4 b

प्रदेशसभा झापा ५ (क) र (ख)

jhapa 5 a

jhapa 5 b

 

Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर