Aamsanchar

वाम गठबन्धनप्रति शंका नगर्न खनालको आग्रह

Author Image
बिहिवार, कार्तिक १६, २०७४

इलाम, 

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले एमाले–नेकपा (माओवादी केन्द्र )बीचको गठबन्धन ऐतिहासिक भएको र यसप्रति शंका नगर्न आग्रह गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गरिसकेपछि आयोजित सभालाई सम्बोधन गर्दै नेता खनालले कम्युनिष्टहरु २००६ सालदेखि लोकतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता लागि लडिरहेका छन् भन्दै ठूलो वामपन्थी दल एमालेलाई अहिले अधिनायकवाद लाद्ने पार्टीको आरोप लगाउने आवश्यकता नरहेको उल्लेख गर्नुभयो ।

अर्का नेता सुवास नेम्बाङले लामो समयको प्रयासले नेपालमा संविधान निर्माण भएको र संविधानको सफल कार्यान्वयन गर्न वाम गठबन्धन निर्माण भएको बताउनुभयो ।
देशलाई समृद्ध बनाउन एमाले र माओवादी केन्द्र गठबन्धन भएको बताउनुभयो । पूर्वसभामुख नेम्बाङले आफ्नै नेतृत्वमा संविधान जारी भएको र त्यसको सफल कार्यान्वयन गराउन आफू निर्वाचनमा होमिएको उल्लेख गर्नुभयो ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर