झापा,
जाडो होस् या गर्मी,घाम या पानी, जुनकै बेला पनि सडकमा रहेर सवारी ब्यवस्थिपनमा खट्ने ट्राफिक प्रहरीलाई झापाका एक दम्पत्तिले जाडोमा लगाउने ट्रयाक प्रदान गरेका छन् ।
दिनरात सडकमा रहेर सवारी ब्यवस्थापनमा खटेको तथा झापामा ट्राफिक सक्रिया बढाएर दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आभि सप्लार्यस तथा पूर्वाञ्चल मौरीपालन उद्योगका सञ्चालकले ३१ हजार ५०० मुल्य बराबरको ट्रयाक प्रदान गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीलाई एक कार्यक्रमका बीच सञ्चालकद्धय भीम कडरिया र हेलेन कडरियाले उक्त सामान प्रदान गरेका हुन् । झापामा कार्यरत ६९ जना ट्राफिक प्रहरीलाई उक्त सामान प्रदान गरिएको हो ।
झापाको नेतृत्व सम्हाल्न आए लगत्तै सडक सरसफाईमा जुटेका गिरीले झापामा सामाजिक काममा अभिप्रेरित गरेको कडरियाले बताए ।
यसैबीच दिनरात अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीलाई मानवीय सहायताका गरिएको सहयोगको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा प्रमुख गिरीले प्रशंसा गरेका छन् । उनले सहयोग गरेकोमा कडरिया दम्पत्तिलाई धन्यवाद दिए ।