

चारपाने कार्तिक १८ । झापाको मूखय सहर विर्तामोडको हनुमान सेन्ट्रलभित्र रहेका व्यापारिक प्रतिष्ठानले दशैँ तिहार तथा छठको अवसरमा सञ्चालन गरेको भाग्यशाली उपहार कार्यक्रमको नतिजा आज सार्वजनिक गरिएको छ । हनुमान सेन्ट्रलको भुइृ तल्लामा आयोजित कार्यक्रमका बीच उपहार नतिजा सार्वजनिक गरिएको हो ।

विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा का बीच सार्वजनिक भएको नतिजा अनुसार विर्तामोड नगरपालिका–८ हर्जनाका पुरनलाल राजवंशीले पहिलो पुरस्कार एक लाख ७८ हजार रुपैयाँको स्कुटी उपहार प्राप्त गरेका छन् ।
दोस्रो पुरस्कार ४० ईन्चको शोनी टिभी , तेस्रो पुरस्कारमा विभिन्न कम्पनिका ५ वटा स्मार्ट मोवाईल प्रदान गरिएको थियो ।

उपहार कार्यक्रमको संचालन माधव कल्पित र प्रणित पुडासैनीले गरेका थिए ।

Views: 151

