बुट्टाबारी, कात्तिक १७ । आयोजक न्यू स्टार क्लब खोपबाडी दोस्रो न्यू स्टार च्यालेञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबारदेखि खोपबाडीको सुन्दर डाँडा मैदानमा सुरु उद्घाटन खेलमा आदर्श युथ क्लब बुधबारेलाई ८–२ गोल अन्तरले हराउँदै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो । झापा जिल्लास्तरीय फुटबल प्रतियोगितामा आयोजकका लागि विजय राई र सोनु लिम्बूले २–२, अजय राजवंशी, सन्जोग राई, सनम राईले एक–एक गोल गरेका थिए ।

आदर्शका लागि विकास कट्टेल र उमेश लिम्बूले गोल गरे । खेलको म्यान अफ दी म्याच आयोजकका सोनु लिम्बू घोषित हुँदै नगद पुरस्कार पाए । उनलाई आयोजकका अध्यक्ष बुद्धराज लिम्बूले पुरस्कार प्रदान गरे ।
झापाका आठ टिम सहभागी प्रतियोगितामा आजबार बिर्तामोड युनाइटेडविरुद्ध शनिश्चरे एफसीबीच खेल हुने खेल संयोजक गोपाल घिमिरेले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित ट्रफी पाउनेछ ।

