Aamsanchar

झापाली समाज युएईका केन्द्रीय सल्लाहकार शिवाकोटीको बिदाई

Author Image
शनिवार, कार्तिक १८, २०७४

[शेषराज न्यौपाने]

यूएई,

झापाली समाज यु.ए.ई का केन्द्रीय सल्लाहकार तथा बिधान मस्यौदा समितिका संयोजक भरत शिवाकोटीको एक कार्यक्रमका बिच स- सम्मान बिदाई गरिएको छ । समाज स्थापना कालदेखि नै सक्रिय रुपमा समाजलाई अगाडी बडाउन प्रत्यक्ष वा परोक्ष रुपमा महत्वपूर्ण भूमिका खेल्दै आएका शिवाकोटी हाल केन्द्रीय सल्लाहकार समिति जस्तो गरिमामय पद समाल्दै आएका थिए ।

आफ्नो मातृभूमि छाडेर बिगत नौ वर्षदेखि यु.ए.ई. आइपुगेका शिवाकोटी हालै प्रवासको रोजगारीलाई बिट मार्दै नेपाल फर्कने भएका छन् । राष्ट्रगानबाट शुरुवात गरिएको कार्यक्रममा क्षेत्रीय समिति अबुधाबीकी उपाध्यक्ष पुजा भट्टराईले शुभकामना मन्तब्य राखेकी थिन भने केन्द्रीय प्रचार प्रसार विभागका सदस्य शेषराज न्यौपानेले कार्यक्रम बारे प्रकाश परेका थिए । झापाली समाज युएईको आयोजना र क्षेत्रीय समिति अबुधाबीको ब्याबस्थापन रहेको उक्त बिदाई कार्यक्रम अबुधाबीको मो मो हाउस रेस्टुरेन्ट मुसफामा एक कार्यक्रम बीच सम्पन्न भएको थियो ।

कार्यक्रमको अध्यक्षता झापाली समाज युएई क्षेत्रीय समिति अबुधाबीका अध्यक्ष हिमाल अधिकारीको रहेको थियो, त्यस्तै प्रमुख अतिथिमा समाजका कार्यवाहक अध्यक्ष तथा प्रथम उपाध्यक्ष मणि सुबेदीको रहेको थियो । अतिथिहरुमा केन्द्रीय सचिव छबी खनाल , केन्द्रीय सदस्यहरु बिकास उप्रेती , लोकेस कोइराला त्यसैगरी केन्द्रीय सल्लाहकार हेमसागर भट्टराई र नेपाली प्रवासी बचत ऋण तथा लगानी कोषका अध्यक्ष नरेस लामिछाने रहेका थिए उक्त कार्यक्रम सन्चाल दुर्योधन कार्कीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मणि सुबेदीले समाजसेवी भरत शिवाकोटीले समाजलाई वँहाले पुर्याउनु भएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्दै वँहा यूएईबाट नेपाल स्थान्तरण मात्र हुनुभएकोले नेपालमा रहेपनि झापाली समाजलाई आबश्यक सरसल्लाह र सहयोगको सदैब रहने अपेक्ष्या राख्ने बताउदै वँहाका आगामी दिनहरु फलदायी बनुन भन्ने शुभकामना दिनुभयो । त्यस्तै नेपाली प्रवासी बचत कोषका अध्यक्ष नरेस लामिछानेले पनि वँहा जे सोचका साथ नेपाल जाँदै हुनुहुन्छ त्यो कार्य सफल रहोस भन्दै एकैपटक आएका साथीलाई बिदाई गर्नुपर्दा केही नरमाइलो भएता पनि अन्ततोगत्वा हामि सबैले एकदिन यस कर्म भूमिलाई छाड्नै पर्ने हुन्छ ढिलो चाडो मात्र हो भन्दै नेपालमा रहेर पनि समाजप्रति सदै उत्तरदायित्व भूमिका निर्वाह गर्नुहुने कुरामा बिश्वस्त रहेको बताउनु भयो ।

त्यसैगरी कार्य व्यस्तताका कारण उपस्थित हुन असमर्थता रहेकोले समाजका अध्यक्ष रोहित भण्डारी ,महासचिव अशोक चापागाई ,प्रवक्ता रामप्रसाद ढुंगेल , महिला बिभाग प्रमुख बिनिता बिमली बुडाथोकी र खेलकुद तथा सास्कृतिक बिभाग प्रमुख पारस लामाले शिवाकोटीको बिदाई सन्देस अडियो मार्फत पठाएका थिए । शिवाकोटीले आफु यु.ए.ई. मा कार्यरत रहदा सदैब समाजको साथ रहदै प्रत्यक्ष या पोरक्ष रुपमा आबश्यक सरसल्लाह दिदै आएको र नेपालमा रहेरपनि आफुले समाजमा गर्न सक्ने काममा सदैब लागिरहने बताउँदै युएईमा रहँदा भन्दा नेपालमा रहँदा अझ सक्रिय रहेर सामाजिक काममा अगाडी बढ्ने बताउनु भयो , योजना तर्जुमा युएईमा भएपनि कर्यान्वयन गर्ने स्थान नेपाल रहेकोले अझ धेरै जिम्बेवारी बोध भएको बताउदै बिदाईका हात हल्लाउदै झापाली समाजले दिएको माया मेरो लागि सदैब यादगार रहने बताउनु भयो ।

बिदाई कार्यक्रममा शिवाकोटीलाई स-सम्मान सहित झापाली समाज यु.ए.ई.ले कदर-पत्र तथा खादाले सम्मान गरेको थियो । कार्यक्रमका सभापति तथा क्षेत्रीय समिति अबुधाबीका अध्यक्ष हिमाल अधिकारीले शिवाकोटीको बिदाईले युएईमा एउटा अभिभावकलाई बिदाई गर्नु परेको तर नेपालमा रहेर पनि सदैब समाजलाई अग्रगतिमा लान सहयोग रहनेमा ढुक्क रहेको बताउँदै वँहाको र परिवारको बाँकि जीवन सुखद रहोस भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर