Aamsanchar

मोरङमा १९३ उम्मेदवार

Author Image
शनिवार, कार्तिक १८, २०७४

विराटनगर, 

मोरङमा आज कुनै पनि व्यक्तिले आफ्नो मनोनयन फिर्ता नलिएपछि अब प्रतिनिधिसभा र प्रदेशसभा गरी १९३ जना चुनावी मैदानमा छन् ।

सोमध्ये प्रतिनिधिसभा क्षेत्र नं १ बाट ११, क्षेत्र नं २ बाट १२, क्षेत्र नं ३ बाट १५, क्षेत्र नं ४ बाट ११, क्षेत्र नं ५ बाट सात र क्षेत्र नं ६ बाट ११ गरी ६७ जना चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।

क्षेत्र नं १ को प्रदेशसभा कमा ११ र खबाट १२, क्षेत्र नं २ को कबाट ११ र खबाट नौ, क्षेत्र नं ३ कबाट नौ र खबाट ११, क्षेत्र नं ४ को कबाट १३ र खबाट नौ, क्षेत्र नं ५ कबाट छ र खबाट दश तथा क्षेत्र नं ६ कबाट १४ र खबाट ११ जना छन् । अब प्रदेशसभाका १२ पदका लागि १२६ जना चुनावी मैदानमा छन् । सोअनुसार मोरङमा प्रििनधिसभामा तीन र प्रदेशसभामा नौ गरी १२ महिला र १८१ पुरुष चुनावी मैदानमा छन् ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर