Aamsanchar

शान्ति टोल सुधार समितिको तेस्रो साधारणसभा सम्पन्न

Author Image
शनिवार, कार्तिक १८, २०७४

बिर्तामोड,

सुगम शान्ति टोल सुधार समिति बिर्तामोड– ६ को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । साधारणसभाको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले उदघाटन गर्नुभयो ।

टोल समितिका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाई, वडाध्यक्ष सूर्य कन्दङवा, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेत, नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष पार्वता बिमली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

उपाध्यक्ष लीला अनमोलले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव गोपाल लकान्द्रीले गर्नुभएको थियो ।नयाँ सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको कार्यक्रममा सविता भट्टराईले कविता र यादव खतिवडाले नृत्य प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले संस्थाको नाम परिवर्तन गरी सुगम शान्ति टोल बिकास संस्था राखेको छ ।

यसैबीच सोही साधारणसभाले संस्थाको अध्यक्षमा सुवास भट्टराईलाई अर्को कार्यकालका लागि पुनः निर्बिरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा लीला अनमोल, सचिव गोपाल लकान्द्री,सहसचिव कमल लुईटेल र कोषाध्यक्षमा बुद्धि बिमली चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा डिल्ली कोईराला,गीता रेग्मी,यादव खतिवडा, शिव वाग्ले,मालती बि.क. र रसिद अली चुनिनु भएको निर्वाचन समितिका अध्यक्ष दिपक दाहालले जानकारी दिनुभयो ।

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर