(नरेन्द्र ढकाल)
बिर्तामोड ।



जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीलाई १७ महिना पछि झापाबाट सरुवा भएर आजबाट इटहरी गएका छन् । निकै हक्की स्वभावका गिरी झापामा राम्रो छाप छाड्न सफल भएका छन् ।
सबैसंग मिल्न सकने क्षमता भएका गिरीले ट्राफिक नियम उल्लघन गर्नेलाई पनि छाडेनन् । कसैको भनसुनलाई सिधै नकार्ने गिरीलाई कसैपनि यसो गरिस भनेर भन्न नसकेको अन्य सहकर्मीहरु बताउँछन् । सबैसंग मिलेपनि कानुन भन्दा माथि कोही नरहेको भन्दै कानुन मिच्नेलाई उनले तत्काल कारबार्ही गर्न आफु मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।

ट्राफिक चेक जाँचलाई जिल्लाका सबै स्थानमा सक्रिय रुपमा खटाएपछि नियम उल्लघन गर्नेहरु कारबार्हीमा पर्ने क्रम तिब्र बन्यो भने दुर्घटनाको संख्यामा पनि कमी ल्याउन उनी सफल भएका थिए ।
झापामा १७ महिनामा के गरे गिरीले ?
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न २०७३ जेठ १० गते आएका ट्राफिक प्रहरी प्रमुख गिरीले सबैको मन जित्न सफल भएका छन् । उनले अदुवा खोलामा दुई वटा फलामे ट्रष्ट वृज निर्माण गर्न महत्वपूर्ण भुमिका निवार्ह गरेका छन् ।
त्यस्तै उनले बिर्तामोडको पूर्व–पश्चिम बस स्टेन निर्माण तथा जिल्लाका विभिन्न स्थानमा बस पकेट निर्माण, ट्राफिक प्रहरी पोष्ट गौरादहमा जग्गाको ब्यवस्थापन गरेर भवन निर्माण सुरु, जिल्लाका विभिन्न शहरहरुमा लामो समयदेखि समस्याको रुपमा रहेको अब्यवस्थित पार्किङलाई ब्यवस्थित गर्ने,जिल्लाका विभिन्न स्थानमा १११ थान चेतनामुलक होडिङ बोर्ड तथा ट्राफिक संकेत बोर्ड राख्ने, ४ हजार पाँच सय बढी ट्याक्टरमा ब्याकलाइट जडान, मुक्तिचोकलाई फराकिलो पार्ने कार्य, बिर्तामोड भएका गतिविधिलाई सिसि क्यामेरा मार्फत निगरानी गर्न मुक्ति चोक क्षेत्रमा चार वटा हाइ क्वालिटीको सिसि क्यामेरा जडान गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।
उनको पहलमा धुलाबारीमा पनि चार वटा सिसि क्यामेरा जडान, शनिश्चरे बजारमा सवारी ब्यवस्थापन, लोकल बसहरुले यात्रु झुक्याउन नन स्टप लेखेर राखिएका बोर्डहरु हटाई कारबार्ही, एक सयबढी विद्यालयमा ट्राफिक नियम सम्बन्धि सचेतना मुलक कक्षा सञ्चालन, हजारौ चालक, परिचालक तथा सर्वसाधारणलाई सचेतनामुलक प्रशिक्षा प्रदान, दुई सय बढी डिभाइडरहरु राख्ने, चोरीका १४ थान मोटर साइकल पक्राउ गर्न सफल हुनुका साथै ट्राफिक ब्यवस्थपनका अन्य विभिन्न कार्यहरु सम्हाल्न सफल भएका थिए । झापामा रहेका १७ वटा ट्राफिक पोष्टहरुलाई एउटा नौलो काम गर्न प्रेरित गरेका कारण पनि सबै ट्राफिक प्रहरी जिल्लालाई नमुना बनाउन लागेका थिए ।
कति सवारीलाई कारबार्ही गरे
झापाको जिम्मेवारी निर्वाह गर्न आएका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गिरीले पूर्व–पश्चिम राजमार्ग अन्र्तगतको ५५ किलोमिटर क्षेत्र तथा जिल्लाका अन्य विभिन्न राजमार्गहरुमा ट्राफिक नियमको उल्लघन गर्ने ७१ हजार ५५७ सवारीलाई कारबार्ही गरिएको जानकारी दिए । उनले भने–मैले झापामा १७ महिना जिम्मेवारी सम्हाल्ने अवसर पाएँ सो अवधिमा ४ करोड १९ लाख २० हजार पाँच सय रुपैंया राजश्व संकलन गरे ।
सवारी चेकजाँचलाई जिल्लाका विभिन्न स्थानमा ब्यापक बनाएका गिरीले ट्राफिक नियम उल्लघन गर्नेलाई तुरुन्त कारबार्ही गर्ने गरेका थिए । उनको सक्रियताका कारण हेल्मेट नलगाउने, लाइसेन्स तथा बुलुबुक नबोक्ने, तिब्र गतिमा सवारी हाक्ने लगायतका ट्राफिक नियम उल्लघन गर्नेको संख्यामा कमी आएको छ ।
त्यस्तै सवारी दुर्घटनाको संख्यामा पनि कमी ल्याउन ट्राफिक प्रहरी सफल भएको छ । सडकको दुरावस्था तथा सवारी संख्यामा वृद्धि भई सडकमा सवारीको चाप बढीरहेकाले ट्राफिक ब्यवस्थापन गर्न निकै कठिन भएको प्रहरी निरीक्षक गिरीले बताए ।
सबैका प्यारा भएर गए
भ्mापामा ट्राफिक ब्यवस्थापनमा खटिनुका साथै विभिन्न सामाजिक काममा समेत आफै अघि सर्ने गरेका गिरीको कामको झापाली राम्रैसंग मुल्याङ्कन गरेका छन् । उनलाई विभिन्न संघ संस्था तथा विभिन्न ब्यक्तिहरुले सम्मान गर्दै विदाई गरेका थिए ।
उनलाई मिल्ने भए पुनः झापाकै नेतृत्व सम्हाल्न आउन आग्रह गर्नेहरु पनि धेरै रहेका छन् । इलाममा जन्मेका गिरी हाल स–परिवार झापा बस्दै आएका छन् ।

