Aamsanchar

गलत तथ्य सार्वजानिक नगर्न सरकारलाई बीएण्डसीको सुझाव

Author Image
सोमवार, कार्तिक २०, २०७४

बिर्तामोड,

झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले हाल सम्म ३५ सय बिरामीको शल्यक्तिया गर्दा एक जनाको पनि मृत्यु नभएको सन्र्दभमा सरकारद्धारा गठित टोलीले ३३.३३ प्रतिशत बिरामीको मृत्यु भएको भनेर गलत रिर्पोट तयार गरेको बताएको छ ।

हस्पिटल परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले काठमाण्डौंका एक दुई अस्पतालको रिर्पोट हेरेर सबैलाई तुलना गर्न नमिल्ने बताएका छन् । नेपालमा उपचारका क्रममा हुने लापरबाहीमध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको सन्दर्भमा सार्वजनिक भएका समाचारप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै हस्पिटलका चिकित्सकहरुले आपत्ति जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा.डा. हरिहर वस्ती संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबार्ही चिरफार गर्दा अर्थात् सर्जिकल ट्रिटमेन्टको अवस्थामा हुने गरेको समाचार यसैसाता विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । हचुवाका भरमा तयार परिएको प्रतिवेदनले चिकित्सकप्रतिको आमधारणा गलत बन्दै गएका बीएण्डसी टिचिङ हस्पिटलमा कार्यरत डा. रोहित यादवले बताएका छन् ।

वस्तीको प्रतिबेदन आफैँमा अधुरो, अपुरो र आक्षेपपूर्ण रहेको भन्दै उनले भने–कुन–कुन हस्पिटलको तथ्याङ्क हो त्यो पनि खुल्नु पर्छ सबै हस्पिटललाई एकै डालोमा हालेर तुलना गर्नु गलत हो ।प्रा.डा.वस्तीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनले विगत १० वर्षअघिदेखिका रिपोर्ट, मुद्दा र घटनाका आधारमा एकतिहाइ घटना लापरबाहीका कारण भएको देखाएको छ ।

दक्ष चिकित्सकले उपचार नगरेका कारण झन्डै १५ प्रतिशत लापरबाही हुने गरेको र आकस्मिक उपचार नदिएका कारण १४ प्रतिशत लापरबाही हुने गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

बीएण्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले चिकित्सकको मनोबल गिराउने नियतले सरकारले कुनै पनि प्रतिवेदन ल्याउन नहुने बताए । नेपालमा नै राम्रो उपचार हुने गरेपनि विभिन्न गलत अफवाहका कारण चिकित्सकहरु निरास बन्दै गएको विचार ब्यक्त गरे । उनले सबै क्षेत्रको यथार्थ बुझेर मात्र प्रतिवेदन सार्वजानिक गर्न माग गरेका छन् ।

कार्यकारी निर्देशक प्रसाईले प्रा.डा. वस्तीको टोलीलाई बिर्तामोड स्थित बीएण्डसी हस्पिटलको अनुगमन गर्न चुनौति दिएका छन् । उनले भने–कसले कहाँ कमजोरी ग¥र्यो अनि थाहा हुन्छ । नीजि हस्पिटलले गरेकी सरकारीले हचुवाको भरमा प्रतिवेदन तयार नगर्नुहोस् । नीजि हस्पिटलका कारण धेरै जटिल रोगहरुको उपचार नेपालमा नै सम्भव भएको भन्दै गलत गर्नेलाई मात्र दोष दिन सुझाव दिए । उनले सबैलाई एकै ठाँउमा राखेर मुल्याङकन गर्न नहुने धारणा ब्यक्त गरे ।

Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर