बुट्टाबारी ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर दोस्रो न्यू स्टार च्यालेञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा सैनिक युथ क्लबलाई ४–१ गोलको परिणाममा पन्छाउँदै काँकरभिट्टाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । काँकरभिट्टाका लागि मिलन राईले ह्याट्रिक पूरा गरे । उनले खेलको ४५, ५२ र ५६ मिनेटमा गोल गरेका थिए । थप गोल खमिर गिल्सन कन्दङ्वाले गरे ।
सैनिकका लागि आशिष गुरुङले ६७औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच काँकरभिट्टाका ह्याट्रिककर्ता मिलन राई घोषितहुँदै नगद पुरस्कार पाउन सफल भए ।
मंगलबार मुनाल क्लब चन्द्रगढी र झापा सन्थाल एफसीबीच खेल हुने आयोजक क्लबका अध्यक्ष बुद्धराज लिम्बूले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित ट्रफी पाउनेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 150