Aamsanchar

दुर्घटनामा मृत्यु भएका परिवारलाई सहयोग

Author Image
सोमवार, कार्तिक २०, २०७४

दमक, 

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका झापा, शिवसतासी नगरपालिका–२ मंगलबारेका अनिल लिम्बूको परिवारलाई दक्षिण कोरियामा कार्यरत प्रवासीले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

कोरियामा बस्दै आएका नेपालीबाट संकलित रु ६७ हजारमा १३ हजार थप गरी रु ८० हजार रकम पीडित लिम्बूको बुबा टीकाराम लिम्बूलाई हस्तान्तरण गरिएको रिभर साइड फाउण्डेसनका अध्यक्ष सञ्जीव चापागाईंले जानकारी दिनुभयो ।

रोजगारीका लागि इपिएस प्रणालीबाट दक्षिण कोरिया जान लागेका २२ वर्षीय लिम्बूको एक साताअघि दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएको थियो । चापागार्इंका अनुसार आर्थिक अवस्था कमजोर भएका लिम्बूको परिवारलाई राहत पु¥याउन कोरियामा बस्दै आउनुभएका पासाङ शेर्पाको संयोजकत्वमा अभियान संकलन गरिएको थियो ।

यसअघि दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूको उपचारमा सहयोग जुटाउन स्थानीय बासिन्दाले अनिल लिम्बू बचाउ अभियान सञ्चालन गरी करिब रु सात लाख बढी रकम संकलन गरिएको अभियानका सचिव नेत्र मावोले जानकारी दिनुभयो ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर