Aamsanchar

कुवेत लैजान लागिएका दुई युवतीको उद्धार

Author Image
मङ्गलवार, कार्तिक २१, २०७४

कपिलवस्तु, 

कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ परेका राजापुर–१ बर्दिया बस्ने ३५ वर्षीय कृष्णप्रसाद रेग्मीमाथि मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले बताउनुभयो ।

केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले दैलेखका युवतीलाई नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरिएको हो ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर