बुट्टाबारी।
चन्द्रगढीको मुनाल क्लब दोस्रो न्यू स्टार च्यालेञ्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा झापा सन्थाल एफसीलाई २–० गोलले पराजित गर्दै मुनालले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
मुनालका लागि प्रविण राईले ३६ र कर्ण लिम्बूले ५२औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच झापा सन्थालका गणेश हेमरम घोषित भए ।
बुधबार आयोजक न्यू स्टार क्लब र काँकरभिट्टा फुटबल ट्रेनिङ सेनटरबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक क्लबका अध्यक्ष बुद्धराज लिम्बूले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित ट्रफी पाउनेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 139