Aamsanchar

घुससहित गौर अस्पतालका अधिकृत पक्राउ

Author Image
मङ्गलवार, कार्तिक २१, २०७४

काठमाडौँ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार गौर अस्पतालमा छैटौँ तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार भएको रिपोर्टिङ गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग्दामाग्दै आयोगको टोलीले आज पक्राउ गरेको हो ।

कार्यकक्षबाटै पक्राउ परेका झामाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर