Aamsanchar

समाजकल्याण कोषका लागि एक करोड प्रदान

Author Image
बुधवार, कार्तिक २२, २०७४

झापा, 

पूर्ण–टुङ्ग समाज कल्याण कोषको स्थापनाका लागि झापाको बिर्तामोड नगरपालिका–१ निवासी समाजसेवी टुङ्गबहादुर बस्नेतले रु एक करोड प्रदान गर्नुभएको छ ।

प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्तिलाई कोषको ब्याजबाट प्राप्त रकमले पुरस्कृत गर्ने गरी कोष स्थापना गरिएको कोषका सञ्चालक गोपालकुमार बस्नेतले जानकारी दिनुभयो ।

सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आउनुभएका बस्नेतले मंगलबार बिर्तामोडस्थित शिव नर्वदेश्वर धाम परिसरमा आयोजित स्कन्द महापुराण समापन समारोहका अवसरमा कोषको घोषणा गर्दै रकम प्रदान गर्नुभएको हो ।

सोही अवसरमा उहाँले ज्येष्ठ नागरिक जिल्ला संघ, झापालाई रु १५ लाख मूल्य बराबरको पाँच धुर जमिन प्रदान गर्नुभएको छ । संघको भवन निर्माणका लागि उहाँले सो जमिन प्रदान गर्नुभएको हो ।

समाजसेवी बस्नेतले प्रदान गरेको जमिन संघका जिल्ला अध्यक्ष भवानी दाहाल, सहसचिव लक्ष्मीप्रसाद पाण्डे, कोषाध्यक्ष ईश्वरीप्रसाद तिमल्सिना, बिर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष रत्नबहादुर बस्नेत तथा उपाध्यक्ष डम्बरबहादुर बस्नेतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर