चारपाने,कार्तिक २२ । दिनानुदिन विर्तामोडको जनघनत्व बढदै छ । उद्योग व्यापारिक केनद्हरु पनि प्रतिदिन स्थापना हुने क्रम सुरु भईसको छ बिर्तामोड नगर क्षेत्र ।
दैनिक बढदो व्यस्तता संगै मानिसलाई समय र सुरक्षाको हिसावले चारपांग्रे साना सवारी साधन मानिसका लागि अति आवसेक सवारी बनेको अवस्थालाई मध्य नजरगरेर विर्तामोडमा धेरै कम्पनीका कारका सोरुम हरु संचालनमा आई रहेको अवस्थामा विर्तामोडमा कान्छो कार सोरुमको रुपमा केसरीचन्द भन्वारलाल कार डिलरले डाटसन कार बुधबार विक्रिका लागि सार्वजनिक गरेको छ ।
प्रमुख अतिथि विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले कारको उद्घाटन गरेका थिए ।
विर्तामोडका युवा व्यवसायी रौनक वंशलले बिर्तामोडमा कार डिलर स्थापना गरेका हुन । उक्त डिलरमा निशान र डस्टन ब्रान्डका कारहरु बिक्री हुँदै आएको छ । उनले संचालन गरेकोको डिलरमा निशानका माइक्रा, सन्नी, नाभरा, एक्सट्रेल र उर्वानका कार बिक्रीका लागि राखिएका छन् । निसानको टेरानो कार चाँडै आउन लागेको वंशल बताउँछन् । निशान र डाट्सन कार जापनीज कम्पनीका हुन् । जापनीज ब्रान्ड भए पनि न्यूनतम् २४ लाख रुपैयाँदेखिका कारहरु रहेको सञ्चालक वंशल बताउँछन् ।