Aamsanchar

हरिहर आश्रममा बालाचतुर्दशी मेला हुने

Author Image
बिहिवार, कार्तिक २३, २०७४

पोखरा,

ऐतिहासिक एवं धार्मिक महत्व बोकेको पोखरा–२० भलामस्थित हरिहर आश्रममा विगत जस्तै यस वर्ष पनि बालाचतुर्दशी मेला लाग्ने भएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको उत्तरी भेगमा अवस्थित सो धार्मिक क्षेत्रमा मंसिर १ गते उक्त आश्रम परिसरमा मेलासँगै सत्बिज छर्ने कार्यक्रम रहेको हरिहर सेवा समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विसं १९०६ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्टदेव हरिहर भगवान्को पूजा आराधना गर्नु र मन्दिर वरिपरिको वन गुलजार पार्नु भनी अदल तोकिएको सनदपत्रमा उल्लेख रहेको हरिहर गुफा सेवा समितिका सचिव गणेश खत्रीले बताउनुभयो ।

उहाँका अनुसार पोखरा र आसपासका विभिन्न स्थानबाट मेलामा आउने भक्तजनको सुविधानका लागि समितिको पहलमा यातायात सुविधा, मन्दिर परिसरसम्म पुग्ने बाटो सरसफाइ, खानेपानी, स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ ।

हरिहर सामुदायिक वन क्षेत्रभित्र लगभग ३५ रोपनी क्षेत्रफलमा पैmलिएको सो आश्रम परिसरमा हरिहर, पञ्चमुखी हनुमान, गणेश, अम्वरेश्वरलगायतका शिवालय स्थापना गरी परापूर्वकालदेखि नियमित पूजा आराधना हुँदै आएको छ ।

बालचतुर्दशी मेलामा प्रत्येक वर्ष १० हजारभन्दा बढी श्रद्धालु भक्तजन सद्बिज छर्न आउने गरेको र उहाँहरुले प्रदान गर्नुभएको दानबाटै ज्येष्ठ नागरिक आश्रम सञ्चालन हुँदै आएको मेला प्रचारप्रसार समितिका संयोजक रेशम खत्रीले जानकारी दिनुभयो । आश्रममा हाल ११ जना ज्येष्ठ नागरिक आश्रित हुनुहुन्छ ।

Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर