Aamsanchar

मुलुकलाई समाजवादी लोकतन्त्रमा लगिने

Author Image
बिहिवार, कार्तिक २३, २०७४

इलाम, 

नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धिको बाटामा उन्मुख गराइने बताउनुभएको छ ।

वाम गठबन्धनद्वारा रोङ गाउँपालिका–२ शान्तिपुरको चैनपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै इलाम क्षेत्र नं १ का उम्मेदवार खनालले मुलुकलाई समाजवादी लोकतन्त्रमा लगी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।

इलाममा उत्पादन हुने अदुवा, अलैंची, चिया, दूधलगायत विभिन्न कृषिजन्य सामग्रीको सहज निकासीका लागि आफूले पहल गर्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा वाम गठबन्धनबाट प्रदेशसभा (ख) का उम्मेद्वार काजीमान कागतेले युवाशक्तिलाई रोजगारी र शिक्षाको व्यवस्था गरिने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर